भरतपुरमा नर्सिङ अध्ययनरत बन्दीपुरकी सन्तोषी तिन दिनदेखी बेपत्ता

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

चितवनको भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत तनहुँको बन्दीपुर गाउँपालिका–४ की सन्तोषी श्रेष्ठ तिन दिनदेखि बेपत्ता भएकी छन् । घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

हाल नवलपुरको गैंडाकोट नगरपालिका–२ मा डेरा गरि बस्ने २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् । खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ भने हालसम्म श्रेष्ठको कुनै अत्तोपत्तो लागेको छैन ।

उनलाई कतै देख्नुभएको, भेट्नुभएको वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले