भरतपुरमा नर्सिङ अध्ययनरत बन्दीपुरकी सन्तोषी तिन दिनदेखी बेपत्ता

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

चितवनको भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत तनहुँको बन्दीपुर गाउँपालिका–४ की सन्तोषी श्रेष्ठ तिन दिनदेखि बेपत्ता भएकी छन् । घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

हाल नवलपुरको गैंडाकोट नगरपालिका–२ मा डेरा गरि बस्ने २८ वर्षीया सन्तोषी असार १४ गते साँझ करिब ८ बजे बा.प्र. ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् । खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ भने हालसम्म श्रेष्ठको कुनै अत्तोपत्तो लागेको छैन ।

उनलाई कतै देख्नुभएको, भेट्नुभएको वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक