तनहुँ प्रहरीले असार महिनामा ४ हजार ६०७ वटा सवारीलाई सचेत गरायो

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २

मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्वारा संयुक्त रुपमा आषाढ महिना भरिमा कुल ४ हजार ६०७ वटा सवारी साधनलाई सचेत गराएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले प्रत्येक दिन बिहान बिहान ४ बजेबाट पोखरा–मुग्लिङ सडक खण्डमा अभियानका रुपमा सन्चालित चालक सचेतना कार्यक्रम ९३ स्थानमा गरिएको जनाईएको छ ।

उक्त क्रममा १ हजार ९२१ वटा दुई पाङग्रे सवारी साधन, १ हजार ३७१ वटा ४ पाङग्रे साना सवारी साधन र १ हजार ३१५ वटा ठुला सवारी साधनका चालकलाई सडकको अवस्था, मौसमको अवस्था, लेन अनुशासन, ट्राफिक नियमको पालना सम्बन्धि सम्झाई बुझाई गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधनलाई सचेतना गराएपछि राजमार्गमा हुने दुर्घटनामा उल्लेख्य कमी आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय