१५ दिनमा ३१४८ भारतीय सवारी साधनका चालकलाई लक्षित गरि सचेतामुलक कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २

बढ्दो दुर्घटना न्यूनिकरणको उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १५ दिनमा ३१४८ वटा भारतीय सवारी साधनका चालकलाई सचेतना दिएको छ ।

तनहुँ जिल्ला प्रवेश गर्ने भारतिय सवारी साधनका चालकहरुलाई सडकको अवस्था, गति नियन्त्रण, मौसमको अवस्था लगायतका बिषयमा गत असार १४ गते देखि असार ३२ गते सम्म प्रत्येक दिन बिहान ६ देखि साँझ ६ बजेसम्म सचेत गराईएको थियो ।

उक्त अवधिमा ३८ स्थानमा सचेतना कार्यक्रम सन्चालन गरिएको र त्यसक्रममा जम्मा ३१४८ वटा सवारी साधनलाई सचेतना गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी तथा डिएसपी द्वारिका प्रसाद घिमिरले जानकारी दिए ।

तनहुँको आबुँखैरेनी र बलेचौतारा एरियामा दैनिक रुपमा भारतीय सवारी साधनका चालकलाई सचेतना कार्यक्रम सन्चालन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई