
पि एल श्रेष्ठ
अमेरिका, क्यानडा र मेक्सिको देशहरुमा संयुक्त आयोजना भएको महाकुम्भ मेला फुटवलको भोली असार ४ गते विहान अर्जेन्टिना र स्पेनको महाभिडन्त हुदै समापन हुदैछ । यो १०४ खेल पनि हो । यो खेल अर्जेन्टिना र स्पेनको वीच मात्र नभई उत्तरी अमेरिकाको न्युजर्सी मैदानमा दुई महाद्विप युरोप र दक्षिण अमेरिका वीच खेल हुदैछ । यो दुई वटा टिम वीचको महाभिडन्तमा कसले बाजी मार्ला ? यो विषयमा विश्व जनमतको ध्यान अमेरिकाको न्युजर्सी स्टेडियममा केन्द्रित हुदैछ ।



यी दुईवटै टिमले सेमिफाइनलमा फुटवलको खेल क्षेत्रमा ठूलो दबदबा कायम गरेका विश्व च्याम्पिएन फ्रान्स र इङग्ल्यान्डलाई हराएर फाइनलमा पुगेका हुन् । संजोग कस्तो परेको रहेछ भने फ्रान्स र स्पेन वीचको खेलमा सधैं स्पेन हावि भएको रहेछ । इटली र जर्मन वीचको खेलमा सधै फुटवल खेलको महाशक्ति राष्ट्र जर्मनी माथि इटालीले बाजी मारे जस्तै । यसपाली पनि फ्रान्स माथि स्पेनले बाजी मा¥यो । स्पेन सधैं फ्रान्स माथि हावि रहेको घटनाले कति मनोवैज्ञानिक प्रभाव प¥यो यसको छुटै विश्लेषण हुनु पर्ला । सन २०१८ को डिफेन्डिङ च्याम्पिएन फ्रान्सले नै बाजी मार्ला भन्नेको धेरैको अनुमान थियो । तर यो अनुमान विपरित फ्रान्स सेमिफाइनलवाट नै बाहिरियो । २०१८ को हिरो एम्बाप्पे त्यसै बिलाउनु प¥यो । भोली नै तेस्रोको लागि मैदानमा उत्रदैछ ।
अर्जेन्टिना र इङ्ग्ल्यान्ड वीचको खेल कसले जित्ला ? अर्काे यो कौतुहलताको विषय थियो । धेरै लामो समय पछि अर्जेन्टिना र इङ्ग्ल्यान्डको वीच खेल हुदै थियो । ६ पटक विश्वकप खेलेका र ३ पटक फाइनल खेल्दा पनि अर्जेन्टिना र मेस्सीको लागि इङ्ग्ल्यान्ड कहिल्यै वाधक बनेको रहेनछ । याने यिनीहरु विच खेल नै भएको रहेनछ । जानिफकारहरु के भन्दथे भने अर्जेन्टिना र इङग्ल्यान्ड विचको खेलमा अर्जेन्टिनाले नै बाजी मार्छ यसकारणले कि अर्जेन्टिना कि क्वाटरफाइनल खेल वाटै वाहिरिएको थियो कि फाइनलमा हारेको थियो । तर सेमिफाइनलमा कहिल्यै हारेर अर्र्जेन्टिना हारेर वाहिरिनु परेको रहेनछ । तर पनि खेल हो जे पनि हुन सक्छ । इङ्ग्ल्यान्डका खेलाडीहरु एक से एक छन् भनिएको थियो । तर यसपाली पनि इङग्ल्यान्ड र अर्जेन्टिना वीचको रोचक भिडन्तमा इङग्ल्यान्डको केही लागेन । इङग्ल्यान्डको अगाडि यात्रा अर्जेन्टिनाले रोकि दियो र निराश पारिदियो । खेल भएपछि थाहा भयो युद्धमा हारे पनि खेलमा भने जित्योैं भन्ने भाव पनि प्रकट भयो ।
अर्जेन्टिना र इङग्ल्यान्ड विचको खेलमा ८५ मिनेट सम्म एन्थोनी गोर्डनको गोलले इङ्ग्ल्यान्ड अगाडि थियो । यो खेलकै अन्तिम गोल हो कि भन्ने जस्तो पनि थियो । तर बाँकी ७ मिनेटमा खेलमा एकाएक आमुल परिवर्तन भयो कि अर्जेन्टिनाको भिषण आक्रमणमा इङ्ग्ल्यान्ड टिक्नै सकेन । इङग्ल्यान्ड बल पोजिसन राख्न र विपक्षिको पोष्टमा गोल चार्ज गर्न नै सकेन । मेस्सीको सटिक पासमा इन्जो फर्नान्डेज र लाउतारो मार्टिनेजले यस्तो सुन्दर गोल गरेकी इङ्ग्ल्यान्डका खेलाडीहरु हेरेको हेरै भए । यस्तो गोल २०२२ मा फ्रान्स र अर्जेन्टिना वीचको खेलमा डिमारियाले गरेका थिए । धेरैको अनुमान थियो खेल अव एक्स्ट्रा टाइममा जान्छ तर थपिइएको समयमा नै खेल तमाम गरिदियो । अर्जेन्टिनाले अन्तिम समयमा खेलहरु त्यस्तै खेल्यो, जस्तो स्वीटजरल्यान्ड, इजिप्ट र केपभर्डे माथि खेल्यो । यी सवै खेलहरु अर्जेन्टिनाले हा¥यो हा¥यो जस्तोमा जितेको थियो । कसैलाई पानी पनि पिउन दिएको थिएन । यी दुवै गोल यति शानदार थिए कि हजारौं पल्ट रिप्लेमा देखाइए । यी शानदार गोलका वारेमा इङ्ग्ल्यान्डका कोच र क्याप्टेनले प्रंशसा नगरी रहन सकेनन् । कोच भन्छन् मेस्सी सवै खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन् । क्याप्टेन भन्छन् हामीले अधिकांस समय मेस्सीलाई घेरामा राख्न सकेको भए पनि उत्कृष्ट खेलाडी जे गर्छन् उनले त्यही गरे । अर्जेन्टिनाले लगातार आक्रमण जारी राख्यो र गोलको अवसर श्रृजना गरिरहयो । र मेस्सी उत्कृष्ट खेलाडी रहेको फेरि प्रमाणित गरे ।
अहिले इङ्ग्ल्यान्डले हारेको खेलमा कोच थोमस टचेलको कमजोरीको कारण हारेको थियो भनी टिकाटिप्पणी भैरहेकोछ । इङग्ल्यान्डले एक गोल गरेपछि अन्तिम समय तिर कोचले स्ट्राइकरहरु झिकेर डिफेन्स खेलाडीहरु छिराउनु नै भुल थियो । जसको कारणले इङ्ग्ल्यान्डले पछिल्लो समयमा अर्जेन्टिनाको पोष्टमा चार्ज नै गर्न सकेन । खेलाडीहरुको अदल बदलपछि त अर्जेन्टिनाले नै चार्ज गरिरहने स्थिति बन्यो । अर्जेन्टिनाको खेलको राम्रो रिडिङ भएन । स्ट्राइकरहरु खेलमा राखेर बल पोजिसनमा राखिरहनु पर्दथ्यो । यो टिप्पणि सही हुन सक्ला, तर इङ्ग्ल्यान्डको कोचले जे गरे त्यो वास्तवमा ठिक थियो । परिणाम फरक आयो त्यो अर्काे कुरा । खेलको अन्तिम समयमा एक गोलले अगाडि भएको अवस्थामा गर्ने नै त्यही थियो, जो इङ्ग्ल्यान्डको कोचले गरे । किनकी त्यो बेलामा आफुले गोल नखाइ आफुले लगाएको गोल बचाउनु थियो । डिफेन्स नखेली अफन्स खेल्दा गोलहरु गरे पनि इङ्ग्ल्यान्डको लागि केही फाइदा थिएन । उसको मुख्य काम नै खेल जितिसकेको अवस्थामा आफुले थप गोल नगर्ने आफुले पनि गोल नखाने रणनीति हुनु पर्दथ्यो । त्यसो गर्न डिफेन्स नै खेल्नु पर्दथ्यो । त्यसको लागि डिफेन्सिव खेलाडीहरु नै छिराउनु पर्दथ्यो । तर यो अनुमान गलत सावित भयो । त्यहि भएर हुनु पर्छ इङ्ग्ल्यान्डको जर्मनी कोच थोमस टचेलले भुल भयो भनी माफि मागिसकेका छन् ।

त्यसो भए अव के हुन्छ ? स्पेन र अर्जेन्टिना वीचको खेलमा कसले बाजी मार्ला ? स्पेनले केपभर्डे माथि बराबरी, साउदी अरेबिया माथि चार शुन्य, अष्ट्रिया माथि तीन शुुन्य, पोर्चुगल माथि एक शुन्य, बेल्जियम माथि दुइ एक र सेमिफाइनलमा फ्रान्स माथि दुई शुन्यले विजय हात पारेकोछ । यसै गरी अर्जेन्टिनाले पनि अल्जेरिया माथि तीन शुन्य, अष्ट्रिया माथि दुई शुुन्य, जोर्डन माथि तीन एक, केपभर्डे माथि तीन दुई, स्वीटजरल्यान्ड माथि तीन एक, र सेमि फाइनलमा इङ्ग्ल्यान्ड माथि दुई एकले बाजी मारेको छ । यसरी स्पेनले विपक्षिको गोल पोष्टमा १३ गोल हानेको छ भने केवल एक गोल मात्र खाएकोछ । बेल्जियमले एक गोल हाने देखि आलावा कुनै पनि विपक्षिले स्पेन विरुद्ध गोल हान्न सकेको छैन । यसको अर्थ के बुुझिन्छ भने स्पेनको गोलपोष्टमा गोल हान्न सजिलो छैन । डिफेन्स खेलाडिहरु र किपर राम्राछन् । खेल सन्तुलन मिलाएर खेल्छन् ।
अर्जेन्टिनाले भने स्पेनको तुलनामा विपक्षको पोष्टमा गोल पनि धेरै १९ गोल हानेको छ, विपक्षिवाट पनि धेरै गोल खाएकोछ, ७ गोल । अल्जेरिया र अष्ट्रिया देखिबाहेक सवै देशका खेलाडिहरुले अर्जेन्टिनाको पोष्टमा गोल हानेकाछन् । केपभर्डे र इजिप्टले त दुई दुई गोल हानेका छन् । इजिप्ट र अर्जेन्टिना वीचको खेलमा त झेली खेल रेफ्रिवाट खेलाइयो भनी मुद्धा पनि हालेकाछन् । यस कारणले कि इजिप्टका स्ट्राइकर सालेहलाई अर्जेन्टिनी पोष्टमा लडाएर पनि पेनाल्टि हान्न दिइएन । उनिहरुको दावि छ फिफा अर्जेन्टिनी खेलाडिहरुलाई नै जिताउन चाहान्छ । त्यसैले खेल निष्पक्ष भएन । इजिप्ट विरुद्धको खेलमा पेनाल्टि हान्न पाएर पनि मेस्सी चुकेका थिए । यदि शुरुमा पाएको पेनाल्टिमा गोल भएको भए खेल अर्कै तीर मोडिने थियो । मेस्सी २०२६ को खेलमा दुई पल्ट पेनाल्टिमा मिस गर्ने खेलाडि वनेका छन्, समग्रमा ४ पटक । गोल आफुले पनि खाएकोले अफेन्स वढि खेल्छ, डिफेन्स अलिक कमजोर हो कि भन्ने देखिन्छ । अर्जेन्टिनी किपर मार्टिनेज जो २०२२ को हिरो हुन उनकै कारण अर्जेन्टिनाले विश्वकप जितेका थिए उनले गोल बचाएका पनि छन् त्यस्तै गोल खाएका पनि छन् । तैपनि अर्जेन्टिनी किपर भरपर्दा खेलाडी हुन् ।
कतिपय खेलाडीहरुको तर्क के छ भने अर्जेन्टिनालाई जिताउन नै फिफा लागेको छ । अर्जेन्टिनासँग खेल्ने टिमहरु नै चाहे जुन विधिवाट गरिएकोे भएपनि कमजोर पारिएका छन् । तर अर्जेन्टिना इङग्ल्यान्डलाई हराएर अगाडि वढेपछि भने अर्जेन्टिना विरुद्ध पेश गरिएका तर्कहरु निस्तेजमा परेकाछन् । यसै गरी स्विटजरल्यान्डलाई हराइसकेपछि नै इजिप्टका दावीहरु हल्का हुदै गए । दुवै देशका खेलाडीहरुले विश्व वरियताक्रमको एक से एक देशका खेलाडीहरुलाई हराएर फाइनलमा पुगेका हुन् र निकै रोचक भिडन्त गरेर ।
यी दुइ फाइनलमा पुगेका स्पेन र अर्जेन्टिना मध्य विश्वकपको ट्रफि चुम्ने मौका कसले पाउला ? साधारणतया दुवैको सम्भावना बराबरी देखिन्छ । स्पेनले बलियो विश्वकपको दावेदारी राष्ट्र फ्रान्सलाई कहि कतै चलमलाउन नदिइ जितेपछि विश्व जनसमुदायको तर्क के थियो भने फाइनल खेल पनि स्पेनले जित्छ । किनकी धेरैको अनुमान थियो यसपाली विश्वकपको ट्रफि फ्रान्सले उचाल्नेछ । स्पेनले फ्रान्सलाई मात्र कहाँ हरायो र गोल्डन बुटको दावेदार एम्वाप्पे र ओस्मान डेम्वेलेलाई पनि हरायको हो नी । यस खेलमा डेम्वेलेले ह्याट्रिक गरेका थिए । अहिलेसम्म मात्र दुई खेलाडी मेस्सी र डिम्वेलेले मात्र ह्याट्रिक गरेकाछन् ।
स्पेनले जित्छ भन्ने विश्व जनमत तव दोधारमा प¥यो जव अर्जेन्टिना र इङ्ग्ल्यान्ड खेल भयो र त्यो खेलमा सवैले सोचे जस्तो गरी अर्जेन्टिनाले स्तरीय खेल्यो । त्यो भन्दा अगाडि भने अर्जेन्टिनाको खेल ज्यादै झुर छ । यस्तो टिमले विश्वकप जित्छ भनी दावि गर्न लाज पो लाग्न थालेको थियो । यस्तो खेलले अर्जेन्टिना सेमि फाइनलसम्म पुग्नु पनि भाग्य हो । स्पेन फ्रान्स र इङ्ग्ल्यान्डको खेल स्तरीय छ । यस्तो अगाडि के टिक्ला अर्जेन्टिना ? तर इङग्ल्यान्डसँगको खेलपछि भने फेरि विश्व जनमत अर्जेन्टिनाले नै ट्रफि लाने भयो भनी एकोहोरिएकाछन् ।
तर्क गर्नेहरुले भनेका छन् धैर्य ठ्र्रलो कुरा हो जसको धेरै ठूलो महत्व हुन्छ । परिणाम जस्तोसुकै आओस तर खेल धैर्यपुर्वक खेलिनु पर्छ । त्यस्तै खेलिरहेछ अर्जेन्टिनाले । हड्बडाएको छैन, हतास र हारेको मनस्थितिमा अर्जेन्टिना खेल्दैन, अन्तिमसम्म जित्ने गरि खेल्छ । भित्र मनमा औडाहा आएको भए पनि बाहिर ओकलिन दिएको छैन । त्यसैले त हो केपभर्डे, इजिप्ट, स्वीजरल्यान्ड र इङ्ग्ल्यान्डसँगको खेलमा हारेर पनि जितेको ।
धेरैको विचार तर्क के छ भने स्पेनको त खेलै राम्रो छ, राम्रो खेलेरै पोर्चुगल, बेल्जियम, फ्रान्सलाई पाखा लगाएको टिम हो स्पेन । स्पेन यहाँसम्म आइपुगेको विश्वकप ट्रफि उचाल्न नै हो । यसपाली विश्वकप स्पेनले जित्छ । २०१० को ट्रफि स्पेनले उचालेको थियो र यसपाली पनि उचाल्छ इतिहास दोहो¥याउछ । स्पेनको १९ नम्वर खेलाडी लामिन यामल हिरो हुनेछ ।
यसको विपरित मेस्सी स्पेनको बार्सिलोना क्लवको विश्व चर्चित खेलाडि हुन । स्पेनको बार्सिलोना क्लवको लागि मेसीले के दिएनन्, सवथोक उपल्व्ध गराई दिए । मेस्सी यस्ता महान खेलाडी ठहरिए, जसको कारण ८ पटक बोलेन डे ओर पदक जिते । स्पेनको बार्सिलोना क्लवलाई सवथोक उपलव्ध गराए वापत स्पेनका खेलाडीहरु मेस्सी र अर्जेन्टिना प्रति थोरै उदार होलान् कि ? यो खेलमा यस्तो होला कि नहोला भन्न सकिएला कि वा के होला ?
स्पेनका महान स्ट्राइकर हुन् यामल उनले फ्रान्सका बिरुद्ध सुन्दर गोल गरेका थिए । त्यसवेलासम्म फ्रान्स माथि स्पेनले २ गोल गरिसकेको थियो । तर रेफ्रिले अपसाइड भयो भनी रद्ध गरिदियो । उनको अहिले एउटा फोटो भाइरल भैरहेकोछ । त्यो अरु केहि नभएर यमालको इन्फान्सि फोटो मेसीले काखमा लिएर खेलाईरहेको । यो के कारणले होला तर्क धैरै गर्न सकिन्छ, तर यो मनोवैज्ञानिक असर पार्न खोजिएको हो कि । तर जे होस् सहमत हुन सकिएला वा नसकिएला यसपालीको ट्रफि अर्जेन्टिनाले उचाल्नेछ । यो बलियो कारण होला कि नहोला । अर्जेन्टिनाका खेलाडीहरु तिनै खेलाडीहरु धेरै छन् जो २०२२ को विश्वकपको ट्रफि उचालेका थिए । अर्काे पनि दरो कारण के हुन सक्छ भने सुरुका खेलहरुमा गोल मेस्सीले मात्र गरेका थिए तर पछि पछि आउदै गर्दा गोल मेस्सीले मात्र होइन अन्य खेलाडीहरुले गर्ने गरेका छन् । याने अन्य खेलाडीहरु चम्किएकाछन् । मेस्सीले इङग्ल्यान्डका विरुद्ध पनि गोल गरेनन्, स्वीटजरल्यान्ड विरुद्ध पनि गोल गरेनन् अरुले गरे । असिस्ट भने मेस्सीले नै गरेका थिए ।
अवको खेलमा गोल के होला ? मेस्सीबाट । तर उत्कृष्ट खेलाडि भने मेस्सी नै हुनेछन् अनि अर्जेन्टिना नै यसपालीको विजेता हुनेछ । ब्राजिलले १९५८ र १९६२ मा जिते जस्तै । यो पनि एउटा गतिलो तर्क हुन सक्छ कि स्पेन र केपभर्डे वीचको खेल वरावरीमा टुंङ्गीयो तर केपभर्डे र अर्जेन्टिना वीचको खेलमा भने अर्जेन्टिनाले बाजी पा¥यो ।
अन्तमा अहिलेको जस्तो चर्चा विश्वकप खेलको अरुवेला भएको थिएन ९६ वर्षको फुटवल खेल जिवनमा । यो धेरै चर्चा धेरै पुरुस्कार राशीको कारणले पनि हो । फिफा अध्यक्ष जियानो इन्फान्टीनोको घोषणा अनुसार अघिल्लो वर्ष २०२२ मा ४२० मिलीयन डलरको थियो भने यस वर्ष ६५५ मिलीयन डलरको वजेट घोषणा गरेकाछन् । यो एमसिसि नेपालको रकम भन्दा थोरै कम हो । एमसिसि कम्प्याक्ट ६३० मिलियन डलरको छ, जहाँं अमेरिकाको भागमा ५०० मिलियन डलर नेपालको भागमा १३० परेको भए पनि यो अहिले बढेर ६९६ पुगेकोछ । भाग लिएका सवै देशका खेलाडी र देशले आकर्षक रकम पाउछन् । पहिलो हुनेले ५ करोड डलर वा ५० मिलीयन डलर पाउछन् भने दोस्रो हुनेले ३५ मिलियन तेस्रो हुनेले २९ मिलियन चौथो हुनेले २७ मिलियन डलर पाउँछन् । समुह चरण प्रवेश गर्नेहरुले १९ मिलियन र सवै सहभागिहरुले १०.५ मिलियन डलर पाउछन् । यसको आलावा पहिलो हुनेले, धेरै गोल गर्नेले, ट्रफि र उत्कृष्ट पुरस्कार पनि प्रदान गरिनेछ ।
२०८३ श्रावण २ गते ।












