‘प्लाष्टिक निषेधित’ देवघाटमा प्लाष्टिककै डंगुरः धार्मिक र पर्यावरणीय पहिचानमा चुनौती

Devghat Online

शेयर गरौ

देवघाट । साउन ६

‘प्लाष्टिक निषेधित क्षेत्र’ घोषणा गरिएको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा जताततै प्लाष्टिकको डंगुर थुप्रिँदा पवित्र धार्मिक क्षेत्र प्रदूषित र दुर्गन्धित बन्दै गएको छ ।

स्थानीय तह, देवघाट क्षेत्र विकास समिति तथा अन्य सरोकारवाला निकायहरूले निकै तामझामका साथ २०८२ पुस ११ गते देवघाटधामलाई प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएको घोषणा गरेका थिए । तरपनि व्यवहारमा भने मन्दिर परिसर, त्रिवेणी संगमस्थल र कालीगण्डकी एवं त्रिशूली नदी किनारमा प्लाष्टिकका बोतल, झोला, ¥यापर र प्लेटहरूको चाङ देख्न सकिन्छ ।

विशेष गरी पर्व तथा मेलाका समयमा आउने हजारौँ दर्शनार्थीहरूले जथाभावी छाडेका फोहरको समयमै उचित व्यवस्थापन हुन नसक्दा पवित्र धामको धार्मिक गाम्भीर्य र पर्यावरणीय सुन्दरता गुम्दै गएको छ । स्थानीय बासिन्दाका अनुसार स्थानीय प्रशासनको बेवास्ताका कारण ‘प्लाष्टिक मुक्त’ अभियान केवल कागज र बोर्डहरूमै सीमित बनेको छ । बजार क्षेत्रमा अझै पनि प्लाष्टिकका झोलाहरूको निर्वाध प्रयोग भइरहेको छ ।

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष तथा स्थानीय अगुवा शिवराज पौडेलले सुरुमा निकै कडाइ गरिएको र विभिन्न अभियान चलाइएपनि पछिल्ला दिनहरूमा अनुगमन नहुँदा उक्त घोषणा कार्यान्वयन नभएको बताए । तिर्थालुहरुले नदी किनारमा जथाभावी फोहर फ्याँक्दा देवघाटको स्वरूप नै बिग्रिएको पौडेलले बताए ।

नदी किनारमा थुप्रिएको नसड्ने प्लाष्टिकको फोहर वर्षातको समयमा नदीमा मिसिँदा जलचर प्राणीहरूका साथै तटीय क्षेत्रको वातावरणमा समेत गम्भीर असर पुगेको पुर्व अध्यक्ष पौडेलले बताए । यस विषयमा स्थानीय तह तथा देवघाट क्षेत्र विकास समितिले भने अनुगमन प्रक्रियालाई पुनः तीव्र पारिने र प्लाष्टिक प्रयोग गर्ने तथा जथाभावी फोहर फाल्नेहरूलाई कारबाहीको दायरामा ल्याइने दाबी गरेको छ । साथै, आगामी दिनमा धार्मिक क्षेत्रको स्वच्छता कायम राख्न विशेष सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि क्षेत्र विकास समितिले जनाएको छ ।

प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधामलाई २०८२ पुस ११ गते प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको थियो । भरतपुर महानगरपालिकाकी तत्कालिन मेयर रेनु दाहाल तथा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा लगायतले देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेका थिए ।

तनहुँ, चितवन र नवलपुरको क्षेत्र समेटिएर बनेको बृहत धार्मिक क्षेत्र देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र बनाउन देवघाट क्षेत्र विकास बिकास समितीले नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’ सँगको सहकार्यमा विभिन्न अभियान सञ्चालन गर्दै आएको थियो । देवघाटमा स्नान गर्न आउने भक्तजनले प्लास्टिकमा फुल प्रसाद ल्याएर उक्त प्लास्टिक नदी क्षेत्रमा छाडेर जाँदा वातावरण प्रदुषण हुने गरेको भन्दै देवघाटको स्वच्छता कायम राख्न देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र बनाईएको थियो ।

निषेधित क्षेत्र घोषणा पश्चात् देवघाटधाम क्षेत्र भित्र एक पटक प्रयोग हुने प्लास्टिकका झोला, ४० माइक्रोन भन्दा पातलो बोतल, गिलास, प्लेट तथा अन्य प्लास्टिकजन्य सामाग्रीको प्रयोग क्रमशः निषेध गरिएको थियो साथै वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामाग्रीको प्रयोगलाई प्रोत्साहन गरिने बताईएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय