तनहुँमा भूमिहीन र दलितलाई साउन अन्तिमदेखि लालपुर्जा बाँडिने, भूमि प्रशासन चुस्त बनाउन सांसद न्यौपानेको पहल

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ७

तनहुँका भूमिहीन सुकुम्बासी र दलित परिवारले आउँदो साउन अन्तिम सातादेखि जग्गाको लालपुर्जा पाउने भएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलबीच विहिबार मन्त्रालयमा भएको छलफलका क्रममा साउन अन्तिम सातादेखि लालपुर्जा वितरण सुरु गर्ने तयारी भइरहेको जानकारी दिइएको हो ।

सांसद न्यौपानेले मन्त्री रावलसँग भेट गर्दै तनहुँस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रदान गरिने सेवालाई थप चुस्त, दुरुस्त, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेका छन् । भेटमा तनहुँका वर्षौँ पुराना भूमिगत तथा कानुनी समस्या समाधानबारे समेत गम्भीर छलफल भएको सांसद न्यौपानेले बताए ।

गुठी तथा बस्ती विकास जग्गा समस्याः गुठी जग्गाको दीर्घकालीन व्यवस्थापनका लागि ‘गुठी ऐन’ र मानिसहरू बसोबास गरिसकेका सार्वजनिक जग्गाको हकमा ’बस्ती विकास ऐन’मार्फत कानुनी निकास खोज्ने विषयमा छलफल भएको छ । उक्त समस्याको स्थायी समाधानका लागि पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र कानुन मन्त्रालयबीच त्रिस्तरीय समन्वय र छलफल अगाडि बढाउने सकारात्मक समझदारी बनेको सांसद न्यौपानेले जानकारी दिए ।

अव्यवस्थित बसोबास र लालपुर्जाविहीन नागरिकको समस्या समाधान गर्दै भूमि प्रशासनलाई प्रविधिमैत्री र जनमुखी बनाउन आफ्नो निरन्तर पहल रहने सांसद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका