अवैध उत्खननमा संलग्न सवारी साधनहरू नियन्त्रणमा, ७४ हजार जरिवाना असुल

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ७

तनहुँमा अवैध रूपमा प्राकृतिक स्रोत साधन (ढुङ्गा) उत्खनन तथा ओसारपसारमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा लिई जरिवाना गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन ७ गते खटिएको प्रहरी टोलीले अवैध रूपमा लोड गरिएको ढुङ्गासहित १ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थियो। उक्त ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकाको कार्यालय दमौली पठाइएकोमा नगरपालिकाले रु १२ हजार जरिवाना गराएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलचौताराबाट विभिन्न मितिमा खटिएको प्रहरी टोलीले अवैध ढुङ्गा उत्खननमा संलग्न स्केभेटर–१, जेसिबी–१ र ट्रयाक्टर–१ गरी ३ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ती सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालय बेलचौतारा पठाइएको थियो ।

शुक्लागण्डकी नगरपालिकाले साउन ७ गते एकमुष्ट रु.६२ हजार जरिवाना गराएर सवारी साधनहरू छाडेको छ ।

प्रहरीका अनुसार व्यास र शुक्लागण्डकी नगरपालिका दुवै क्षेत्रबाट कुल रु.७४ हजार जरिवाना असुल गरी सवारी साधनहरू छाडिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय