राष्ट्रिय परिचयपत्रको सेवा प्रवाह समय थप, बिहान ८ देखि साँझ ६ बजेसम्म सेवा पाइने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ७

चालु आर्थिक वर्षको सुरुवातसँगै राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीको अत्यधिक चाप बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले सेवा प्रवाहको समय बढाएको छ । कार्यालयले एक सूचना जारी गर्दै आज साउन ८ गतेदेखि लागू हुने गरी बिहान ८ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा दिने प्रबन्ध मिलाइएको जनाएको छ ।

टोकन प्रणालीमार्फत सेवा प्रदान गरिने भएकाले सेवाग्राहीहरूलाई आफ्नो पालोमा धैर्यतापूर्वक फोटो खिचाउन अनुरोध गरिएको छ । यसैगरी प्रशासन कार्यालयले परिचयपत्र नम्बर अप्रुभल फोटो खिचेपछि प्राप्त हुने राष्ट्रिय परिचयपत्र नम्बर विभागबाट भइरहेको ‘सिस्टम अपग्रेड’ का कारण केही ढिलाइ भइरहेको छ । उक्त नम्बर क्रमशः अप्रुभ हुँदै जाने भएकाले यस प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने जनाइएको छ ।

कार्ड हराएका÷जलेका सेवाग्राही राष्ट्रिय परिचयपत्र कार्ड जलेको तर राष्ट्रिय परिचयपत्र नम्बर भने प्राप्त भइसकेका सेवाग्राहीहरूको सम्पूर्ण काम नम्बरबाटै हुने भएकाले केही दिनका लागि कार्यालयमा नधाउन आग्रह गरिएको छ ।
कार्यालयले साउन ७ गते बिहीबार सूचना प्रकाशित गरी सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहज सेवा सुनिश्चित गर्न यो कदम चालिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका