तनहुँको छिर्कनेमा हाइस दुर्घटनाः ८ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ८

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ छिर्कनेमा शुक्रबार दिउँसो यात्रुवाहक हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाइस दिउँसो करिब ४ः२५ बजे अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेर उद्धारकार्यमा खटिएको थियो ।

उक्त हाइसमा कुल १२ जना यात्रु सवार रहेका थिए । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको छ ।

घाइतेहरु मध्ये खजुरा गा.पा.–२, बाँकेका रमेश क्षेत्री (वर्ष ३२), नागार्जुन न.पा.–१, काठमाडौँकी शशीकला अधिकारी (वर्ष ५६), पोखरा म.न.पा.–११ की दयाराम पोख्रेल (वर्ष ५५), भद्रपुर न.पा.–१, झापाका तारा सुब्बा (वर्ष ३५), डुङ्गेश्वर गा.पा.–२, दैलेखका नबिन खड्का (वर्ष २७), खडक न.पा.–४ अमाहा, सप्तरीका उज्वल यादव (वर्ष १७) को लक्ष्मी अस्पताल, डुम्रेमा उपचार भयो ।

त्यस्तै जय पृथ्वी न.पा.–२ बाझगाउँ, बझाङका माधव प्रसाद जोशी (वर्ष २९) र बित्थडचिर गा.पा.–८ सुनपुणा, बझाङका जीवन जोशी (वर्ष २४)को प्रदेश अस्पताल दमौलीमा उपचार भएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनापछि पृथ्वीराजमार्ग केही समय अबरुद्ध भएकोमा दुर्घटनाग्रस्त हाइसलाई हटाएपछि अहिले राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल