राधा माविका ६८० विद्यार्थीको १ लाख बराबरको सामूहिक दुर्घटना बीमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २६

म्याग्दे गाउँपालिका–२ स्थित राधा माविका ६८० जना विद्यार्थीको सामूहिक दुर्घटना बीमा गरिएको छ । विद्यालयले आफ्ना विद्यार्थीहरूको सुरक्षा र उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग दुर्घटना बीमा सम्झौता गरेको हो ।

‘हाम्रो सानो प्रयास, उज्ज्वल भविष्यका लागि ठूलो भरोसा’ भन्ने मूल नाराका साथ सञ्चालित योजना अन्तर्गत विद्यालयमा अध्ययनरत ६८० जना विद्यार्थीहरूलाई प्रतिव्यक्ति वार्षिक रु. १ लाख बराबरको सामूहिक दुर्घटना बीमा सुरक्षा प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप रानाभाटले बताए ।

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै उनीहरूको व्यक्तिगत सुरक्षा र अभिभावकप्रतिको जिम्मेवारीबोध गर्दै यो कार्यक्रम अघि बढाइएको विव्यस अध्यक्ष रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ