व्यास नगरपालिकाले पायो भुमी बैंक स्थापना गर्ने स्विकृती

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २६

सरकारले बाँझो तथा उपयोगविहीन जमिनलाई कृषि उत्पादनमा जोड्ने उद्देश्यले तनहुँको व्यास नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार व्यास नगरपालिका सहित बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक सञ्चालनको अनुमति दिएको हो ।

भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो र अनुपयोगी निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरिनेछ । जग्गाधनीको स्वामित्व कायमै रहने गरी सम्झौताका आधारमा जग्गा उपयोग गर्न दिइने र त्यसबापत जग्गाधनीले निश्चित प्रतिफल पाउने व्यवस्था मिलाइनेछ ।

भुमीबैंक मार्फत भूमिहीन, सुकुम्बासी, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई जग्गा उपलब्ध गराउन प्राथमिकता दिइनेछ । त्यसैगरि भूउपयोग वर्गीकरण अनुसार अन्न, तरकारी, नगदेबाली, फलफूल खेती, माछापालन र पशुपन्छीपालन जस्ता व्यावसायिक कृषि कार्य सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।

भुमीबैंकबाट स्थानीय तहबाट उपलब्ध हुने बीउबिजन, मल, प्राविधिक सहयोग र अन्य कृषि सहुलियतहरू भूमि बैंकमार्फत सिधै लक्षित किसानसम्म पु¥याइनेछ । भूमिको अधिकतम उपयोग गरी कृषि उत्पादन र उत्पादकत्व बढाउनुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन यो कदम फलदायी हुने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ