‘सांसद जनसंवाद कार्यक्रम–२’ मार्फत नागरिकका समस्या सुन्दै सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २८

तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य ई.श्रीराम न्यौपानेको उपस्थितिमा क्षेत्र नम्बर २ का विभिन्न ‘सांसद जनसंवाद कार्यक्रम–२’ आयोजना भएको छ । स्थानीय नागरिकका गुनासा, समस्या तथा सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने र समाधानका पहल गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रम बिहीबार व्यास नगरपालिका वडा नम्बर ६ का दुई फरक–फरक स्थानहरूमा आयोजना गरियो । व्यास ६ को स्याम्घा हटिया र सिसाघाट सामुदायिक भवनमा छुट्टाछुट्टै समयमा उक्त कार्यक्रम आयोजना गरिएको सांसद न्यौपानेको सचिवालयले जनाएको छ ।

जनप्रतिनिधि र आम नागरिकबीचको सम्बन्धलाई थप कसिलो बनाउन र स्थानीय विकास निर्माणका आवश्यकताबारे प्रत्यक्ष छलफल गर्न यो ‘सांसद जनसंवाद’ सहयोगी सिद्ध हुने अपेक्षा गरिएको सांसद न्यौपानेले बताए । उक्त कार्यक्रममा व्यास–६ का सर्वसाधारण, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना जिज्ञासा, समस्या र सुझावहरू राखेका थिए ।

यसैगरि ऋषिङ्ग र घिरिङ्ग गाउँपालिकाका विभिन्न स्थानमा शुक्रबार ‘सांसद जनसंवाद कार्यक्रम–२’ भएको छ । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा न्यौपानेको उपस्थितिमा आयोजना भइरहेको ‘सांसद जनसंवाद कार्यक्रम–२’ अन्तर्गत शुक्रबार ऋषिङ्ग र घिरिङ्ग गाउँपालिकाका विभिन्न स्थानहरूमा जनसंवाद कार्यक्रम सञ्चालन हुने भएको हो ।

नागरिकका समस्या, आवश्यकता र स्थानीय विकाससम्बन्धी गुनासाहरू प्रत्यक्ष रूपमा सुनेर समाधानको पहल गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । शुक्रबार एकै दिन ६ वटा फरक–फरक स्थानमा जनसंवाद कार्यक्रमको समय तालिका तय गरिएको छ ।

विहान ८.३० बजे रिसिङ्ग–३, अर्चल्दीमा, विहान १० बजे ऋषिङ्ग–४, भिरकोटमा, ११.३० बजे ऋषिङ्ग–२, काहुँमा, १२.३० मा ऋषिङ्ग–७, अर्खलछापमा, दिउँसो २.३० बजे ५. घिरिङ्ग–४, कोट साभुङ्गमा र अपरान्ह ४ बजे घिरिङ्ग–३, सिंजाली थरमा उक्त जनसंवाद कार्यक्रम हुने भएको सांसद न्यौपानेको सचिवालयले जनाएको छ ।

सांसद न्यौपानेले सम्बन्धित वडाका सम्पूर्ण बासिन्दा, समाजसेवी, बुद्धिजीवी तथा आम नागरिकहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई आफ्ना जिज्ञासा तथा सुझावहरू निर्धक्क रूपमा राख्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ