खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धिसम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २८

जनताको दैनिक जनजीवनसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणको माग गर्दै व्यास नपा–३ का माधव प्रसाद अधिकारीले अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएका छन् ।

अधिकारीले अर्थमन्त्री वाग्लेलाई विहिबार दमौलीमा भेटी ग्यासको चरम अभाव, रासायनिक मलको सहज उपलब्धता र निरन्तर भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न ६ बुँदे मागसहित ध्यानाकर्षण गराएका हुन् ।

यसअघि अधिकारी ग्यास अभाव र कालोबजारीविरुद्ध साउन २५ गते अनसन बसेका थिए । जिल्ला प्रशासन कार्यालय र विभिन्न संघ–संस्थाको प्रतिबद्धतापछि अधिकारीले अनसन स्थगित गरेका थिए । तर, अनसन स्थगित भएपनि सम्झौता बमोजिम मागहरू पूरा नभएको र सर्वसाधारणको समस्या उस्तै रहेको भन्दै अधिकारीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षणपत्रमा खाना पकाउने ग्यासको चरम अभावका कारण नागरिकहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएको, किसानहरूले समयमै रासायनिक मल नपाएको र पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दा आम नागरिकको दैनिक जीवन कष्टकर बनेको उल्लेख छ ।

अधिकारीले ध्यानाकर्षणपत्रमा खाना पकाउने ग्यासको कृत्रिम तथा वास्तविक अभाव तत्काल अन्त्य गरी नियमित र सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने, ग्यास वितरण प्रणाली पारदर्शी बनाई कालोबजारी, कृत्रिम अभाव र बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने, किसानलाई आवश्यक समयमा पर्याप्त रासायनिक मल उपलब्ध हुने स्थायी व्यवस्था गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रणालीको पुनरावलोकन गरी अनावश्यक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, दैनिक उपभोग्य अत्यावश्यक वस्तुको मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्नुपर्ने तथा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई सरकारको पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् ।

ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री वाग्लेले ग्यासको सहज आपुर्ती र कालाबजारी रोक्न सरकार लागि परेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय