आँबुखैरेनीमा अब ६ वटा मेसिनबाट डायलाइसिस सेवा सन्चालन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १

आँबुखैरेनी गाउँपालिकामा सञ्चालित हेमोडायलाइसिस केन्द्रमा थप एक थान डायलाइसिस मेसिन थपिएपछि अब ६ वटा मेसिनबाट नियमित सेवा सञ्चालन हुने भएको छ । मिर्गौला रोगका बिरामीले डायलाइसिसका लागि चितवन लगायतका छिमेकी जिल्लाका अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने अठोट पूरा हुँदै गएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारबाट थप १ थान डायलाइसिस मेसिन प्राप्त भएसँगै अब कुल ६ वटा मेसिनमार्फत सेवा प्रवाह गरिने आबुँखैरेनी गाउँपालिकाले जनाएको छ । आबुँखैरेनी अस्पतालमा डायलाइसिस सेवा सुरु भएयता हालसम्म २५ जना बिरामीले सेवा लिइसकेका छन् भने कुल १ हजार १ सय भन्दा बढी सेसन सम्पन्न भइसकेका छन् ।

थप मेसिन उपलब्ध गराएकोमा अध्यक्ष चुमानले गण्डकी प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यो सेवालाई अझ व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयस्तरमै डायलाइसिस सेवा उपलब्ध भएपछि बिरामी तथा तिनका आफन्तहरूलाई समय र आर्थिक भार दुवैबाट ठूलो राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू