बाढी प्रभावित क्षेत्रमा रहेका तनहुँका ६ जना सम्पर्कमा नभएको पुष्टि

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ११

बाढी प्रभावित क्षेत्र रसुवा तथा त्यस वरपर रहेका तनहुँ जिल्लाका ६ जना नागरिक हालसम्म आफ्नो परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । रसुवातर्फ रहनु भएका आफन्त हरूसंँग सम्पर्क नभएको भनी ६ जनाको परिवारबाट खोजी गरिदिन अनुरोध भै आएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

व्यवसायको सिलसिलमामा टिमुरे तर्फ गएका भानु–१ का सन्जिव गुरुङ, भन्सार कर्मचारी रहेका आँबुखरेनी–३ का प्रेम प्रसाद सेढाई, रसुवा हाइड्रोपावरमा काम गर्ने ऋषिङ–७ का धन बहादुर आले, टिमुरे प्रहरी चौकीमा कार्यरत भानु–११ रुपाकोटका बिकासबाबु अधिकारी, त्रिशुली हाइड्रोपावर ३ मा कार्यरत भानु–१०, चिसापानीका सुजन नेपाली र त्रिशुली हाइड्रोपावर ३ मै कार्यरत भानु–१०, चिसापानका अनिल नेपाली हालसम्म परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ । उनीहरुको खोजी गर्ने र बुझ्ने कार्य भैरहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले