भोटेकोशी बाढीका मृतकको आत्मशान्तिकालागि भर्जन कालिकामाई मन्दिरमा लाख बत्ती बालिने

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २१

ग्त भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्मशान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देवघाट गाउँपालिका–५ स्थित भर्जन कालिकामाई मन्दिरमा विशेष लाख बत्ती बाल्ने कार्यक्रम आयोजना गरिने भएको छ ।

भर्जन कालिका मन्दीर संरक्षण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेका अनुसार भदौ २२ गते सोमबार साँझ ६ बजे मन्दिर प्राङ्गणमा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दीपप्रज्वलन तथा पूजापाठ गरिनेछ । साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना समेत गरिनेछ ।

कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण महानुभावहरूलाई सम्भव भएमा आ–आफ्नो तर्फबाट तेल र बत्ती समेत लिएर उपस्थित भई सामूहिक प्रार्थनामा सहभागी हुन अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको