गोहीटार कृषि सहकारी देवघाटको साधारण सभा तथा अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २५

देवघाट गाउँपालिका–५ स्थित गोहीटार कृषि सहकारी संस्थाको छैटौँ अधिवेशन, १२ औँ वार्षिक साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष शरदचन्द्र पोख्रेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । संस्थाका उपाध्यक्ष प्रेमलाल दाहालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव भरत आचार्यले गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष बद्री प्रसाद मिश्रले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक तथा सामाजिक प्रतिवेदनका साथै आगामी आर्थिक वर्ष २०८३/०८४ को भावी कार्ययोजना पेस गरेका थिए ।

उक्त अवसरमा उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यावसायिक रूपमा कुखुरापालन, बङ्गुरपालन, गाईभैँसीपालन तथा कृषि कर्ममा संलग्न विष्णुशैया टोल निवासी राजु क्षेत्रीलाई ‘उत्कृष्ट किसान’ को रूपमा पुरस्कृत गरिएको थियो । यस्तै, सहकारीमा नियमित र गुणस्तरीय दूध संकलन गर्ने कृषकहरू भिमा राना, सोम बहादुर बोट र अम्बिका तिवारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, वडा नम्बर ५ का सदस्य बुद्धि बहादुर पाण्डे, देवघाट बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन अधिकारी, सूर्योदय कृषि सहकारीका अध्यक्ष विष्णु प्रसाद अधिकारी र कृषि प्राविधिक लेखराज निरौला लगायतले संस्थाको उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त छैठौं अधिवेशनले बद्री प्रसाद मिश्रको अध्यक्षतामा सहकारीको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा प्रेमलाल दाहाल, सचिवमा भरत आचार्य, कोषाध्यक्षमा विष्णु प्रसाद सुवेदी र सह–सचिवमा यज्ञराज न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हिरामाया राना, खेममाया थापा, अम्बिका ढकाल, मनमाया गुरुङ, हरिनारायण पौडेल र सोम बहादुर बोटे चयन भएका छन् । उक्त अविधेशनको निर्वाचन समितिका संयोजकमा बासुदेव तिवारी तथा सदस्यहरुमा बाबुराम पौडेल र अज्जु भण्डारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

भोटेकोसी बाढीका बेपत्ताको खोजीमा त्रिशूलीसम्म कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन

तनहुँ । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र बेपत्ता व्यक्तिहरूको

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता