बन्दीपुर गाउँपालिकामा चालु आ.वको योजना सञ्चालनसम्बन्धी गोष्ठी सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २५

बन्दीपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन हुने विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी योजनाहरूका विषयमा एक दिवसीय गोष्ठी कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा आयोजित उक्त गोष्ठीमा उपाध्यक्ष पञ्चमाया गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कमल केसीलगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन गरिने विभिन्न योजना तथा कार्यक्रमहरूको प्राथमिकीकरण र प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको छ । गोष्ठीमा सहभागीहरूले विकास योजनाहरूलाई नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्दै आवश्यकतामुखी, पारदर्शी, परिणाममुखी र जनअपेक्षाअनुरूप कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाको समग्र विकास, स्रोत र साधनको उचित व्यवस्थापन तथा समयमै योजना सम्झौता गरी गुणस्तरीय काम सम्पन्न गर्ने विषयमा महत्वपूर्ण सुझाव तथा विचारहरू आदानप्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले