घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २५

घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको स्वास्थ्य बिमा निःशुल्क गरिदिने भएको छ ।

गाउँपालिकाको स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १८ गते बसेको बैठकले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको हो । यस निर्णय पश्चात् गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति, अभिभावक तथा स्वास्थ्य बिमा अभिकर्ताहरूका लागि सूचना जारी गर्दै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।

सम्बन्धित अपाङ्गता भएका व्यक्तिहरूले अभिकर्ताहरूलाई अपाङ्गता परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ । स्वास्थ्य बिमा अभिकर्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको विवरण आवश्यक परेको खण्डमा पालिकासँग समन्वय गर्न सक्नेछन् ।

स्वास्थ्य बिमा अभिकर्ताहरूले आवश्यक कागजातसहित रकम भुक्तानीका लागि असोज १५ गतेभित्र पालिकामा पेस गर्नुपर्नेछ । एउटै घरमा रातो (क वर्ग) तथा निलो (ख वर्ग) अपाङ्गता परिचयपत्र भएका व्यक्तिसमेत भएमा अभिकर्ताहरूले दोहोरो नपर्ने गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

थप जानकारी तथा सोधपुछका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद रिमाल, लेखाजोखा कर्मचारी कृष्णप्रसाद अधिकारी र अपाङ्गता सहायक कक्ष कर्मचारी मेनुका थापासँग सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

भोटेकोसी बाढीका बेपत्ताको खोजीमा त्रिशूलीसम्म कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन

तनहुँ । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र बेपत्ता व्यक्तिहरूको

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता