ट्रकले ठक्कर दिंदा पुल चर्कियो

Devghat Online

शेयर गरौ

परासी, साउन २९ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको अरुणखोला पुलमा ट्रक दुर्घटना भएको छ । ट्रकले ठक्कर दिँदा पुलमा क्षति पुगेको छ । पूर्वतर्फको भागमा ट्रकले ठक्कर दिँदा पुलको केही भाग चर्किएको छ ।
पुल चर्किएपछि ठुला सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । साना हलुका सवारीसाधनलाई संचालनमा ल्याइएको नवलपुर प्रहरीले जनाएको छ । बुुधबार बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एकातर्फको भागमा ठक्कर दिँदा चर्किएको हो ।
पुल चर्किएपछि पूर्व–पश्चिम राजमार्ग भएर गुड्ने सवारीसाधन संचालनमा ल्याउन प्रहरीले रोक लगाएको छ । साना र हलुका सवारीलाई भने पालैपालो दुवैतर्फ संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४