जापान पुग्यो नेपाल एयरलाइन्सको विमान, एक सय ३४ यात्रु

Devghat Online

शेयर गरौ

१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो ।

निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई विदाई गरेका थिए । नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेका छन् ।

ए ३३०–२०० जहाजको यो पहिलो लामो दुरीको उडान हो । बिहीबार बिहान २ः३० मा राखिएको निगमको जहाज २ः३९ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यो जहाज २ सय ७४ सिट क्षमताको हो । जापानबाट फर्कने ७० सिट पक्का भइसकेको निगमको भनाइ छ । जहाज वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा उडेको हो । फर्कदा भने विजय लामाले कमाण्ड गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो