वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने :मन्त्री भट्टराई

Devghat Online

शेयर गरौ

पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्ध–वृद्धालाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको निर्णय कार्यान्वयन गरी छाड्ने बताएका छन् । साथै उनले आन्तरिक पर्यटनमा भाडादरले असर पारेकाले पुनरावलोकन हुने बताए ।

एयरलाइन्स कम्पनीहरूले मन्त्रीको निर्णय कार्यान्वयन गर्न असजिलो हुने बताइरहेका बेला मन्त्री भट्टराईले सरकार र एयरलाइन्स कम्पनीको साझा दायित्व भएकोले लागू गरी छाड्ने दाबी गरे ।

चितवनको भरतपुर विमानस्थलमा

‘एयरलाइन्स कम्पनीहरूको पनि सामाजिक उत्तरदायित्व हुन्छ होला, वृद्धवृद्धालाई छुट दिँदा र नदिँदा पाप र धर्मका कुरा पनि हुन्छन्’, मन्त्री भट्टराईले भने, ‘मैले त उहाँहरु आफैंले यस्तो घोषणा गर्नुहुन्छ होला भन्ने ठानेको थिएँ, तर नगर्नु भएकाले मन्त्रालयले गरेको हो ।’

निजी एयरलाइन्स कम्पनीबाट विभिन्न टिका–टिप्पणी आएको उल्लेख गर्दै उनले छलफल गरेर यसलाई लागू गरिने बताए ।

भाडादर पुनरावलोकन हुने

मन्त्री भट्टराईले आन्तरीक हवाई भाडादर महँगो हुँदा पर्यटन क्षेत्रमा केही असर परेको पनि उक्त अवसरमा बताए । आन्तरिक भाडादर किन महँगो भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री भट्टराईले भने, ‘भाडादर महँगो हुँदा पर्यटनमा असर परेको छ, यसमा पुनरावलोकन हुन्छ’, मन्त्री भट्टराईले भने । नवलपरासी तथा देवघाट क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री भट्टराई यहाँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४