देवघाटकी जइसरा गुरुङले ९४ वर्षको उमेरमा नागरिकता प्राप्त गरिन !

Devghat Online

शेयर गरौ

देवघाट

देवघाट गाउँपालिकामा एक दिने नागरिकता वितरण घुम्ती सेवा शिविर सम्पन्न भएको छ । सोही क्रममा देवघाट गाउँपालिका १ निवासी जइसरा गुरुङले ९४ वर्षको उमेरमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्री रुद्र प्रसाद पण्डित मार्फत नागरिकता प्राप्त गरेकी छिन् ।

गुरुङले आफुले सकुनजेलसम्म नागरिकता बनाउन कुनै चासो नदिएको र परिवारले नागरिकता बनाउन पर्छ भन्दा पनि वास्ता नगरेको परिवारका सदस्यहरुको भनाई थियो । अहिले श्रीमान् र छोरा समेत बितिसकेको अवस्थामा नाति- नातिनी बुहारीले  नागरिकता उपलब्ध गराइदिए ।
नागरिकता वितरण शिविरमा महिला ११९ जना र पुरुष ९३ जना गरेर जम्मा २१२ जनाले नागरिकता प्राप्त गरेका छन् ।

त्यसैगरी मतपत्र ११२ महिला र १०० पुरुष गरेर जम्मा २१२ जनाले प्राप्त गरेका छन् ।  कार्यक्रममा जिल्ला प्रमुख कार्यलय तनहुका प्रमुख विनोद सिलवाल, देवघाट गाउँपालिकाका प्रशासकिय अधिकृत रमेश सुवेदी, देवघाट गाउँपालिकाको अध्यक्ष दुर्गबहादुर थापा,लगायत वडाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।