बलिउड अभिनेत्री आलियालाई मनपर्ने खाना ‘दाल–भात’ !

Devghat Online

शेयर गरौ

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो घरमा पकाइएको खाना विशेष हुने बताएकी छिन् । उनले भनेकी छिन्–‘घरको खाना सबै भन्दा बढी स्वादिष्ट हुन्छ । मलाई दाल–भात निकै मन पर्छ ।’

अभिनेत्री आलियाले आईएएनएस लाइफसँग कुराकानी गर्दै भनिन्–‘घरको खाना सबै भन्दा राम्रो हो । मलाई याद छ, कि मेरो बुबालाई पास्ता बनाईदिनुहुन्थ्यो, त्यतिबेला मैले दाल–भात माग्थे । दैनिक खानामा मैले दाल–भात सामेल गर्छु । मलाई निकै मन पर्छ ।’

यसका साथै अभिनेत्री आलियाले आफ्नो कन्फर्ट खानाको रुपमा खिचडी छनौट गरेकी छिन् । उनले भनिन्–‘मेरो कन्फर्ट फुड खिचडी हो, फ्रेञ्च फ्राइज र दाल–भात । एक हेल्थ फुडको रुपमा मलाई सब्जी र कार्बोहाइड्रेट्सका एक सन्तुलित मात्रा लिन मन पर्छ । यसका साथै मलाई फलफूल पनि मन पर्छ ।’

आफूलाई के–कसरी फिट राख्नुहुन्छ ? भन्ने प्रश्नमा आलियाले भनिन्–‘मेरो दिनचार्यमा कयौं प्रकारका चिजहरु सामेल हुन्छन् । मैले कहिले स्वीमिङ गर्छु त कहिले ब्याडमिन्टन खेल्छु । मलाई हरेक विहान शारीरिक रुपमा निकै सक्रिय रहनुपर्छ जस्तो लाग्छ । ब्यस्त सेड्युअलको बाबजुद पनि शारीरिक कसरत गर्नु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।