बलिउड अभिनेत्री आलियालाई मनपर्ने खाना ‘दाल–भात’ !

Devghat Online

शेयर गरौ

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो घरमा पकाइएको खाना विशेष हुने बताएकी छिन् । उनले भनेकी छिन्–‘घरको खाना सबै भन्दा बढी स्वादिष्ट हुन्छ । मलाई दाल–भात निकै मन पर्छ ।’

अभिनेत्री आलियाले आईएएनएस लाइफसँग कुराकानी गर्दै भनिन्–‘घरको खाना सबै भन्दा राम्रो हो । मलाई याद छ, कि मेरो बुबालाई पास्ता बनाईदिनुहुन्थ्यो, त्यतिबेला मैले दाल–भात माग्थे । दैनिक खानामा मैले दाल–भात सामेल गर्छु । मलाई निकै मन पर्छ ।’

यसका साथै अभिनेत्री आलियाले आफ्नो कन्फर्ट खानाको रुपमा खिचडी छनौट गरेकी छिन् । उनले भनिन्–‘मेरो कन्फर्ट फुड खिचडी हो, फ्रेञ्च फ्राइज र दाल–भात । एक हेल्थ फुडको रुपमा मलाई सब्जी र कार्बोहाइड्रेट्सका एक सन्तुलित मात्रा लिन मन पर्छ । यसका साथै मलाई फलफूल पनि मन पर्छ ।’

आफूलाई के–कसरी फिट राख्नुहुन्छ ? भन्ने प्रश्नमा आलियाले भनिन्–‘मेरो दिनचार्यमा कयौं प्रकारका चिजहरु सामेल हुन्छन् । मैले कहिले स्वीमिङ गर्छु त कहिले ब्याडमिन्टन खेल्छु । मलाई हरेक विहान शारीरिक रुपमा निकै सक्रिय रहनुपर्छ जस्तो लाग्छ । ब्यस्त सेड्युअलको बाबजुद पनि शारीरिक कसरत गर्नु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त