देवघाटमा सतबीज छर्नेका् घुईचो

Devghat Online

शेयर गरौ

चितवनः पवित्र तिर्थस्थल देवघाट धाममा सतबीज छर्नेको घुईचो लागेको छ । रातभर सो क्षेत्रमा जाग्रााम वसेर दिप प्रज्वलन गरि आज विहान सतबीज छर्नेको संख्या ठूलो रहेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार राति दिप प्रज्वलन गरेर वस्नेहरुको संख्या एक लाख भन्दा वढि रहेको थियो । समितिले टेण्ट र त्रिपाल लगाएको भए पनि ती स्थानमा नअटेपछि तिर्थालु भक्तजनहरुले खुल्ला आकासमुनी जाग्राम वसेर दिप प्रज्वलन गरेको उहाँले जानकारी दिनुभयो । राती देखि वस्ने र विहानै देवघाट पुग्नेहरुको भिड लागेको छ ।

सडक र ढलान वाहेकका स्थानमा सतबीज छर्न समितिले आग्रह गरेको छ । आज बालाचर्तुदशी पर्व, सतबीज छरेर मनाइदै छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने चलन छ । सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै सतबीज छर्नेचलन ररहेको छ ।

सतबीजबाट उम्रेर आएको अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेहरूले जीवनकालमै सतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा सतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा सतबीजका रुपमा छर्ने गरिन्छ । पौडेलले देवघामा तिर्थालुहरु अहिले सम्मकै वढि रहेको जानारी दिनुभयो । हरेक वर्ष देवघाटमा सतबीज छर्नेको भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त