देवघाटमा विभिन्न कार्यक्रमका साथ अपाङ्गगता दिवस मनाईयो

Devghat Online

शेयर गरौ

करिस्मा गुरुङ्ग
”हाम्रो देवघाट समृद्ध देवघाट”दिगो विकासको लक्ष्य, अपाङ्ग मैत्री भविष्य भन्ने मूल नारा सहित २८ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस एक समारोहका बिच देवघाट गाउँपालिका वडा नम्वर पाँचमा रहेको  कृषि हाटबजारमा सम्पन्न भएको छ ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा देवघाट बचत तथा रिण सहकारी संस्था लि.ले अपाङ्ग व्यक्तिहरुलाई स्टेशनरी तथा सहयोग सामग्रीहरु कपी,कलम, पेन्सिल, ज्यामितिबक्स,साइनपेन आदी हस्तान्तरण गरेकाथिए । अध्यक्ष थापाले पहिले पहिले मानिसहरुले बच्चा जन्माउने तरिका नजान्दा तथा गर्भवती महिलाले अनावश्यक औषधी प्रयोग गर्द मानिस जन्मजात अपाङ्ग हुने कुरा बताए । यस्ता सचेतना मुलक कार्यक्रमले अपाङ्ग शिक्षा हुने हुँदा स्वस्थ्व बच्चा जन्मने उहाँको भनाई थियो ।  ”अध्यक्ष थापाले पहिले पहिले मानिसहरुले बच्चा जन्माउने तरिका नजान्दा तथा गर्भवती महिलाले अनावश्यक औषधी प्रयोग गर्द मानिस जन्मजात अपाङ्ग हुने कुरा बताए । यस्ता सचेतना मुलक कार्यक्रमले अपाङ्ग शिक्षा हुने हुँदा स्वस्थ्व बच्चा जन्मने उहाँको भनाई थियो । अपाङ्ग”फरक क्षमता भएका व्यक्तिहरुलाई पनि सपाङ्ग सरहको हक र अधिकार प्रदान गर्ने उद्धेश्यले र यस कार्यक्रमले थप हौसला प्रदान गर्ने उहँको भनाई थियो ।

सो कार्यक्रममा तीन जना दृष्ट्रिविहीनलाई सेतोछडी वितरणका साथै १७ जना लाई अपाङ्गता परिचयपत्र समेत वितरण गरिएको थियो । भने सोही कार्यक्रममा देवघाट गाउँपालिका अन्तर्गत रहेको विद्धालयका १४ जना अपाङ्ग विद्धार्थीहरुलाई देवघाट बचत तथा रीण सहकारी सस्थाले शैक्षिक सामाग्री वितरण पनि गरिएको छ ।
कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा र अन्य अतिथिहरु गा.पाको उपाध्यक्ष विमला थापा, देवघाट क्षेत्र विकास समितिको अध्यक्ष शिवराज पौडेल, देवघाट गाउँपालिकाको प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा. ५ को अध्यक्ष यालबहादुर गुरुङ, वडा. १ को अध्यक्ष भिमबहादुर गुरुङ, देवघाट गाउँपालिका ने.क.पा.अध्यक्षभुवनसिं गुरुङ, गण्डकी प्रदेश वन महासँघका सदस्य केसवचन्द्र न्यौपाने लगाएतको उपस्थित रहेको थियो भने देवघाट गाउँपालिका अपाङ्ग सरोकयर समितिका अध्यक्ष रिसीराम लामिछानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा