करिष्मा गुरुङ, देवघाट
“विषादी रहित तरकारी खाऔँ र स्वस्थ बनौँ” भन्ने मूल नाराका साथ सञ्चालन हुदैँ आइरहेको कृषि हाटबजारको पहिलो पटक ‘कृषि महोत्सव’ सञ्चालन हुने भएको छ ।
यहि मंसिर २६,२७ र २८ गतेका दिन हुने कृषि महोत्सवको कृषि मन्त्रि लेखबहादुर थापाले उद्धघाटन गर्ने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । महोत्सवमा नाचगानलाई मात्र नभएर लुकेका प्रतिभाहरु दर्साउने र कृषिलाई नै बढी बढुवा दिने उद्धेश्यले महोत्सवको आयोजना गरेको थापाको भनाई थियो । थापाले प्रत्येक वडामा प्रचार प्रसारको लागि टोली समेत खटाइएको र महोत्सव सव्यभव्यका साथ सञ्चालन हुने आशा व्यक्त गरेका छन् ।त्यसै गरी देवघाटमा रहेको तिन वटा आश्रमहरुले पनि महोत्सव सफल पार्नको लागि विभिन्न तहबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । महोत्सवमा योगा, कविता,भजन र नाटक आदि लगाएत महोत्सवको आर्कषक हुने भएको छ ।
कृषि महोत्सवलाई कसरी सफल पार्ने भर्ने प्रसङ्गमा र गा.पा.मा बसेको बैठकमा बजारकै मूल्यमा खरिदबिक्री गर्न पाउँ र देवघाटवासीले सामान जति मूल्यमा खरिद गर्छन् तेति नै मुल्यमा सामान खरिद गर्न पाउँ भन्ने आश्रमहरुले गुनासो पोखेका छन । भने हाटबजारमा बजारका भन्दा दोब्बर मूल्य हुन समेत रोक गर्नुपर्ने आश्रमका पिठाधिस बताउछन् । कृषि महोत्सव लगतै हाटबजारमा दैनिक तिन वटा आश्रमहरुको लागि आवश्यक तरकारी उपलव्ध गराइदिए अन्त कतैबाट पनि तरकारी खरिद नगर्ने आश्रम संचालकहरुको भनाई थियो ।