देवघाटको राहत कोषमा ५५ हजार सहयोग

Devghat Online

शेयर गरौ

२८ चैत्र, देवघाट

देवघाट गाउँपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संस्थाले सहयोग गरेका छन् । सोमबार सिद्धार्थ बैंकले देवघाट शाखाले ३० हजार र प्रणनाथ सेवा आश्रमले २५ हजार रुपैयाँ राहत कोषमा सहयोग गरेका छन् ।
सिद्धार्थ बैक देवघाट शाखाका प्रमुख त्रिबिक्रम लामिछानेले देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई बैंकको तर्फबाट उपलब्ध गराईएको ३० हजार रुपैयाँको चेक सोमबार हस्तान्तरण गरे । सो अवसरमा बैंकका शाखा प्रमुख लामिछानेले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रणका तथा लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कमजोर भएका बिपन्न बर्ग तथा ज्यालादारी मजदुरकोलागि सहयोग पु¥याउने उद्देश्यले सो सहयोग गरिएको बताए ।
सो कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सबै सहयोगहरु एकद्वार नीतिबाट हुने भन्दै सहयोग गर्न चहानेहरुले गाउँपालिकाको राहतकोषमा रकम उपलब्ध गराउन अनुरोध गरे । सुवेदीले गाउँपालिकामा बसोबास गर्ने आर्थिक बिपन्न वर्ग तथा ज्यालादारी मजदुरहरुकोलागि राहत कोषमा जम्मा भएको रकमले सहयोग गर्ने बताए ।
देवघाट गाउँपालिकाले कोरोना भाईरस रोकथाम, नियन्त्रणका तथा लकडाउनमा पिल्सिएका आर्थिक अवस्था कम्जोर भएका बिपन्न बर्ग तथा ज्याला दारी मजदुरकोलागि सिद्धार्थ बैंक देवघाट शाखामा राहत कोष स्थापना गरि खाता सन्चालन गरेको छ । सहयोग गर्न चहानेहरुले राहत कोष को खाता नम्बर ग ७.२.००८१५३८६२०७ मा रकम जम्मा गर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
सो कार्यक्रममा वडा नम्बर १ अध्यक्ष भिमबहादुर गुरुङ, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ र गाउँपालिकाका लेखा अधिकृत उमानाथ ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले