१० जना डिर्आजीमा बढुवा

Devghat Online

शेयर गरौ


२९ चैत्र, काठमाडौं


गृह मन्त्रायलले नेपाल प्रहरीका १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको छ ।
बढुवा गरिएका मध्ये चार जना २०४९ वैशाखमा भर्ना भएका टोलीका छन् भने ६ जना २०४९ चैतमा भर्ना भएका अधिकृत छन् ।
नेपाल प्रहरीको वेवसाइटमा प्रकाशित सूची अनुसार बढुवाको १ नम्बरमा घनश्याम अर्याल छन् भने त्यसपछि क्रमशः प्रकाशजंग कार्की र वसन्तकुमार पन्त छन् । उनीहरुको ब्याचका शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्ति महानिरीक्षक छन् ।
एक वर्षपछि भर्ना भएको टोलीबाट सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन् । उनी अहिले महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत छन् । थापा अघि महाशाखाको नेतृत्व सम्हालेका धिरजप्रताप सिंह आफ्नो ब्याचबाट दोस्रो नम्बरमा बढुवा भएका छन् । यो टोलीका विश्वराज पोखरेल १९ वैशाखमै डीआईजीमा बढुवा भइसकेका छन् ।


सिंहपछि वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा सूचीमा समेटिएका छन् । लामा र धानुकले यसअघि काठमाडौं प्रहरी प्रमुखको नेतृत्व सम्हालिसकेका छन् भने सुवेदी हाल काठमाडौंको नेतृत्व गरिरहेका छन् ।
बिसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् । डीआईजीको दरबन्दी घटाउने विषयले प्रवेश पाएपछि लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको थियो ।
अन्ततः प्राविधिकबाहेक २६ जना रहेको डीआईजीको दरबन्दी घटाएर १४ कायम भएपछि बढुवा भएको हो । यसअघि नै प्रहरीमा ४ जना डीआईजी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक