बैशाख,१६
देवघाट गाउँपालिका–५ स्थित देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मङ्गलबार कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि गाउँपालिकाले स्थापना गरेको राहत कोषमा पच्चीस हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको असहज परिस्थितीलाई न्यूनीकरण गर्नका लागि सहयोग गरिएको देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुन अधिकारिले बताए ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा—५का वडाअध्यक्ष याल बहादुर गुरुङ्ग, वडा—१ का वडाअध्यक्ष भिम बहादुर गुरुङ्ग लगायत संस्थाका सचिब युबराज साखी, सञ्चालक समिती सदस्य बद्री प्रसाद मिश्र तथा लेखा संयोजक बिष्णु प्रसाद सुबेदी लगायतको उपस्थिती रहेको देवघाट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाकारी दिएको हो ।
गाउँपालिकाले राहत कोषमा रकम सहयोग गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरुले देवघाट गाउँपालिकाको सिद्धार्थ बैंकमा रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष ००८१५३८६२०७ मा जम्मा गरि सहयोग गर्न अनुरोध छ ।