बैशाख २३, काठमाडौं
नेकपाका सांसदहरु र एक पूर्वआइजीपीले सांसद सुरेन्द्र यादवलाई जनता समाजवादी पार्टीकै नेताहरुले अपहरण गरेको आरोप लगाएका छन् । राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गर्दै ती सांसद र पूर्वआइजीले जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई र आङकाजी शेर्पाले सांसद यादवलाई अपहरण गरेको आरोप लगाएका हुन् ।
नेकपाका सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा पूर्वआइजीपी सर्वेन्द्र खनालले आयोगमा दिएको उजुरीमा भट्टराई र शेर्पाले शरीर बन्दक बनाएकाले अनुसन्धान तहकिकता गरी कारवाहीका लागि निर्देशन गर्न माग गरेको छ । साथै, उजुरीमा सो विषयमा जनता समाजवादीका सांसदद्वय उमाशंकर अरगरिया र कौशल यादवलाई सत्यतथ्य सबैकुरा जानकारी भएपनि सत्य घटनालाई गुमराहमा राखेको भन्दै उनीहरुमाथि पनि छानविन गर्न निर्देशनको माग गरेको छ ।
सांसदद्वय र पूर्वआइजीपीले लेखेको निवेदनमा यस्तो छ,
‘मिति २०७७ बैशाख ११ गते बिहान होटल मेरियटबाट निस्कनु भएका माननीय डा. सुरेन्द्र कुमार यादब एक्कासी मिति २०७७ बैशाख १४ मा पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, समाजवादी दलका नेता विश्वदिप पाण्डे, नेतृ हिसिला यमी सहितको दलबलले निज माननीय डा. सुरेन्द्र कुमार यादबलाई लिई जाहेरी दरखास्त दिने भनी महानगरीय प्रहरी परिषर टेकु पुग्नुभएपछि निज माननीय यादबलाई डा. बाबुराम भट्टराईले नै घरबाट निस्किन नदिइ फोन स्वीच अफ गर्न लगाई आफ्नै घरमा नियन्त्रणमा राखी शरीर बन्धकमा लिएको भन्ने कुरा हाल सार्वजनिक भऐको माननीय प्रदेश सभा सदस्य कौशल यादवको अडियोबाट समेत पुष्टी हुन्छ । माननीय उमाशंकर अरगरिया र कौशल यादवको सम्बन्धमा एक शब्द उच्चारण नगरी भएको सत्य घट्ना लाई गुमराहमा राखेकोले निज माननीयहरु र यस अघि होटल मेरियटबाट आफू मर्निङवाकमा जांदा बाबुराम भट्टराईले पठाएको गाडीमा फर्किन सहयोग गर्ने आङकाजी शेर्पा र शरीर बन्धक लिने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अनुसन्धान तहकिकात गरी प्रचलित नेपाल कानुन बमोजिम हदैसम्मको सजाय गर्ने गरी कारबाही अघि बढाउन सम्बन्धित कार्यालयलाई सिफारिस सहितको निर्देशन दिनुहुन सादर अनुरोध गर्दछौं ।’
हेर्नुहोस पूरा निवेदन–
मितिः २०७७।०१।२१गते
माननीय अध्यक्षज्यू,
राष्ट्रिय मानव अधिकार आयोग,
केन्द्रीय कार्यालय, हरिहरभवन, पुल्चोक, ललितपुर ,
विषयः नेपालको संविधानको धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानव अधिकारको उल्लंघन भएको, दुरुत्साहन भएकोले सत्यतथ्य छानविन गरी प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाउं ।
माननीय अध्यक्षज्यू,
नेपाल सरकारबाट मिति २०७७।०१।०८ गते संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश जारी भएपछि विकशित घट्नाक्रमको सन्दर्भमा तत्कालिन समाजवादी पार्टी नेपालका माननीय ज्यूहरुसँग हामी नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवार नेता कार्यकर्ताको हिसाबमा भएका छलफल र संवाद र यात्राको सन्दर्भमा सो विषयलाई लिएर जिल्ला महोत्तरी सम्सी गाउंपालिका, वडा नं. ४ भेटपूर बस्ने बर्ष ५० को प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचित सदस्य माननीय डा. सूरेन्द्र कुमार यादव निवेदक भई हामी यस निवेदन साथ उपस्थित निवेदकहरु चारै जनालाई विपक्षी बनाई सम्मानित आयोग समक्ष मिति २०७७ बैशाख१८ दर्ता नं. १७८० को निबेदन सम्बन्धमा विभिन्न संचार माध्यमबाट जानकारी भई आएकोले र यस पूर्व पनि क्रमशस् मिति २०७७।०१।१४ गते तथा मिति २०७७।०१।१७ गते श्री महानगरीय प्रहरी परिषर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हामीले निजलाई अपहरण तथा शरिर बन्धक बनाएको जनाई जाहेरी दर्ता गर्न जानुभएको कुरा संचार माध्यमबाटै जानकारी प्राप्त भयो र यसले हाम्रो सम्मानपूर्वक बाँच्न पाउने संबिधान प्रदत्त मौलिक हकलाई आघात पुर्याउने र सार्वजनिक पद धारण गरिरहेको अवस्थामा आमजनमानसमा भ्रम पैदा गराउने, मानमर्दन गर्ने सामाजिक द्वेश, धृणा फैलाउने कार्य भएको र अझ विशुद्ध राजनितिक उद्देश्यले भएको क्रमागत कार्य र विकशित घट्नाक्रमलाई अपराधिक कार्य करार गर्न उद्धत रहेको विषय खेदजनक भएको परिप्रेक्ष्यमा सर्वप्रथम सम्मानित आयोगको ध्यानाकर्षण गराउन चाहन्छौ ।
यसै सन्दर्भमा सो विषय सार्वजनिक भएपछि स्वयं माननीय डा. सूरेन्द्र कुमार यादव फोन नं. ९८५४०२४१०१० र हामी निवेदक मध्ये नबिन बस्नेत बाहेकका व्यक्तिहरुले विभिन्न संचार माध्यममा दिएको अन्तरवार्ता र अभिव्यक्तिहरुले उक्त राजनीतिक उद्देश्य प्रेरित कार्यको सन्दर्भमा धेरै कुरा उजागर गरिसकेको अवस्था छ । यद्यपि सो घट्नालाई आपराधिक रङ्ग तर्फ मोड्न उद्दत रहनुभएका समाजवादी पार्टीका अध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, समाजवादी पार्टीको प्रचार विभाग उपप्रमुख तथा पूर्व प्रधानमन्त्रीको बाबुराम भट्टराईका निजी सहायक बिश्ववदीप पाण्डे, संघीय समाजवादी पार्टीको केन्द्रीय कमिटी सदस्य, आङकाजी शेर्पा लगायतका व्यक्तिहरुले आ(आफ्नो सामाजिक संजालमा हामीहरु विरूद्ध मौजुदा नेपाल कानुन अनुसार कसूर हुने कार्यहरु निरन्तर गरिरहनु भयो ।
यसै सन्दर्भमा हामी आवद्ध राजनितिक दलको भातृ संगठनका जिम्मेवार नेता साथीहरु संजीव झा र नारायण घर्तीले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, बिस्वदीप पाण्डे, हिसिला यमी र आङकाजी शेर्पाले विधुतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, दफा ५३, ५४, ५८ (क), ७४ अनुसार विधुतीय अपराध सम्बन्धि कसुर भनी मिति २०७७ बैशाख १५ मा श्री महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी दरखास्त दिन गएकोमा अनेकन बहाना गरी उक्त प्रहरी कार्यालयले दर्ता लिन इन्कार गरी फिर्ता पठाएकोमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ बमोजिम जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा जिल्ला सरकारी वकिल कार्यालय उजुर गर्न सक्ने प्रावधान बमोजिम उल्लिखित उजुरी सहित जाहेरी दरखास्त लिएर उपस्थित हुंदा समेत अध्ययन गर्ने बहाना बनाई जाहेरी दरखास्त दर्ता गर्ने मनशाय नदेखाएको भन्ने कुरा समेत निज उजुरीकर्ता र संचार माध्यमबाट जानकारी थाहा भयो । एकातिर हुँदै नभएको घट्नामा हामी निवेदकहरु विरुद्ध नियोजित रुममा आपराधिक मुद्दा लगाई फसाउन खोज्ने तथा अर्कोतिर सामाजिक सञ्जालमा अतिरञ्जित दुष्प्रचार गर्ने विरुद्धको कार्य कानूनत कसूर भएको अवस्थामा सो उपर कारवाही गर्नुपर्ने निकायमा जानकारी गराउँदासमेत सो उपर कारवाही नभएको अवस्थामा हामीलाई प्रताडित गर्ने तथा हाम्रो मानव अधिकार, संविधान प्रदत्त मौलिक हक समेत उल्लंघन गर्ने कार्य भएको निवेदन गर्न चाहान्छौ
यस विषयमा थप स्पष्ट गर्न निम्न कुराहरु निवेदन गर्दछौं
१) हामी निवेदकहरु मध्ये भक्तपुर जिल्ला क्षेत्र नें २ बाट प्रतिनिधिसभा सदस्य म महेश बस्नेत सदैब आफ्नो पदीय मर्यादा, कसैले कसैको मानव अधिकार हनन गर्दा पनि विवेक र निष्ठाका साथ त्यस्तो बेला पिडीत पक्षको साथ सहयोग दिंदै आएको, तत्कालिन द्वन्दकालमा मानव अधिकार बिरोधीहरुलाई राज्यले कानुनको माध्यमबाट सम्बोधन गर्न नसकिरहेको अवस्थामा देशभरीका युवाहरुलाई सकारात्मक ढंगमा परिचालन गरी मानव अधिकारको संरक्षण र संवर्द्वन गर्ने कार्यमा सदैब आवाज उठाइ आएको, आफ्नो जिल्लामा समेत विकास निर्माणको काम गर्दा कसैको मानव अधिकार हनन नहोस, विकासको नाममा विनाश नहोस भनेर वातावरण संरक्षण गर्दै हनुमन्ते खोला सरसफाइ अभियान र राजमार्ग सरसफाइ अभियान निरन्तर रुपमा गरिरहेको, ठोस कानून नहुंदा नहुंदै पनि विकासको नाममा कसैको व्यक्तिगत सम्पत्ति हानी नोक्सानी हुन्छ भने क्षेतिपूर्तिको व्यवस्था मिलाई पिडीत पक्षको समेत राजिखुसी सहमति लिएर मात्र विकास निर्माण गर्ने गरेको, आफ्नै जिल्लामा विपक्षी पार्टीका साथीहरुलाई समेत साथमा लिई फरक ढंगले काम गर्दै नेपालको संविधानले निर्दिष्ट गरेका र सम्मानित आयोगबाट आत्मसात भएको मानव अधिकारका मूलभूत मूल्य(मान्यता सिरोपर गरी हरेक व्यक्तिको मौलिक हक प्रचलन गराउन मानव अधिकार स्थापित गर्न लागिपरेको जिम्मेवार प्रतिनिधि हुं ।
२) निवेदकहरु मध्ये तनहुं जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य किसान भन्ने म कृष्ण कुमार श्रेष्ठ जनताको छोरो जनताकै घरमा बसेर पदिय मर्यादा तथा आचारसंहिता, नेपालको संविधानको मौलिक हक प्रचलनका तथा मानव अधिकारको सम्मान र संरक्षण गर्दै आफू संसद सदस्य हुनुभन्दा अघि देखि नै आफ्नो जिल्ला, निर्वाचन क्षेत्र विकासको लागि दिलोज्यान दिई लागेको, विकास र निर्माण गर्दा होस वा जुनकुनै सामाजिक कार्य गर्दा सदैव कसैको मानव अधिकार कुण्ठित नहोस्, कुनै घट्नाले पीडित भएका पक्षलाई न्याय दिलाउन अग्रणी भूमिका खेलेको जिम्मेवार नागरिक हुं मैले कहिल्यै पनि कुनै किसिमले सत्ता पक्षको हैसियतले कसैको मानव अधिकार हनन गरेको छैन, र गर्नेपनि छैन भन्ने प्रतिवद्वता व्यक्त गर्दछु। मैले प्रतिनिधिसभामा निर्बाचित भएपछि नेपाल सरकारबाट पाउने पारिश्रमिक, भत्ता र सुबिधा बापतको रकम आफूले निजी कार्यमा उपभोग नगरी आफ्नो जिल्लाका संघ संस्थाबाट जनहित हुने सामाजिक कार्यमा अत्यन्त पारदर्शी ढंगले खर्च गरिरहेको जनताको प्रतिनिधि हुं भन्ने कुरा निवेदन गर्न चाहान्छु ।
३. हामी निबेदकहरु मध्ये म सर्बेन्द्र खनाल, तनहुं जिल्लामा जन्मी काठमाडौंमा शिक्षित भई हुर्केको, आफ्नो मिहेनत र लगनशीलताले नेपाल प्रहरीमा ३० औं वर्ष सेवा गरी सेवा निवृत्त भई अहिलेसम्म कुनै राजनितिक आस्था लिएर वा अर्को पक्षलाई वा नेपाल प्रहरीको सेवा अवधिभर कोही पनि ब्यक्ति, समूह आदिको मान सम्मानमा आंच आउने वा गैह्र कानूनी रुपमा थुनामा राख्ने कार्य गरेको वा मानव अधिकार उल्लंघन गर्ने, दूरुत्साहन गर्ने जस्ता कार्यहरु नगर्ने नगराउने मात्र होइन मानव अधिकारको प्रभावकारी कार्यान्वयनको लागि आफ्नो सेवाभित्रका वा बाहिरका आम नागरिक, कर्मचारीहरुलाई एउटा प्रशिक्षकको हैसियतले तालीम, अध्यापन मार्फत प्रशिक्षित गराएको नेपाल प्रहरी सेवाको उच्च तह प्रहरी महानिरिक्षक पद सम्मको भूमिका खेली करीब ३ महिना अघि निबृत्त प्रहरी कर्मचारी हुं । नेपाल प्रहरीको सेवाकालिन अवधिमा संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न द्वन्दकालीन मुलुकमा मानव अधिकारको बारेमा वकालत गरेको, प्रशिक्षण गरेको, ब्यक्तिको मौलिक हक प्रचलनको लागि मानव अधिकारको क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय तालीमहरु लिएको छु, सम्मान, पदकहरु समेत प्राप्त गरेको छु र तनहुँको एउटा गाँउमा जन्मी प्रहरी सेवाको उच्च पदमा पुगी राष्ट्र र नागरिकको सेवामा सदैव समर्पित रहें । यस कुरामा आफूलाई गौरान्वान्वित ठान्दछु र अब पनि म बिना बर्दीको प्रहरीको हैसियतले नेपालको संबिधान, कानून, मानव अधिकार सम्बन्धि राष्ट्रिय अन्तरराष्ट्रिय सन्धि सम्झौता लगायत प्रचलनहरुको पूर्ण पालना गर्दै आम नागरिकको सेवा गर्ने, पीडित पक्षको बहस पैरवी गर्ने लगायत सामाजिक सेवामा समर्पित हुने प्रतिबद्वता गरेको छु ।
४. निबेदकहरु मध्येका म नबिन बस्नेत दोलखामा जन्मी हुर्की काठमाडौं को कांडाघारीमा बस्ने एक सामान्य किसानको छोरो घर ब्यबाहार चलाउन सामान्य बन्द ब्यापार व्यवसाय गरेर बसेको सामान्य नागरिक हुं र माननीय महेश बस्नेतज्यूको सहयोगी पनि हुँ ।
हामी उल्लिखित चारै जनाबाट माननीय डा. सुरेन्द्र कुमार यादबले यस सम्मानित आयोगमा दिनुभएको निवेदन व्यहोरामा उल्लेख गर्नु भएको कार्य र मानव अधिकार सम्बन्धि कुनै पनि किसिमको गल्ति नभएको र निजविरुद्ध हामी निवेदकहरुबाट भए गरेका व्यवहार तथा कृयाकलापहरुले निजको भावनामा चोट पुग्ने वा निजको कुनै अधिकार कुण्ठित हुने वा निजलाई कुनै किसिमको दबाब दिई कुनै काम गराउने भन्ने कुरा निराधार र अकल्पनीय छ । यस सम्बन्धमा निजको घर ठेगानामा गएर निज कै आथित्यता स्वीकार गरेर पारिवारिक माहोलमा खाना खाजा खाई सप्रेम भएको उच्च तहको राजनितिक भेटघाट, छलफल र पारस्परिक सहमतिका साथ राजिखुसीले बाटो भरी खाना खाजा खांदै गफ ठट्टा गर्दै अन्तरराष्ट्रिय ब्राण्डमा ख्यातिप्राप्त पांचतारे होटलमा आफ्नै परिचय पत्र समेत राखि निजको अंगरक्षक, निजको भिनाजु, समाजवादी दलका प्रमुख सचेतक माननीय उमाशंकर अरगरिया सहित बस्ने कार्य स्वभाविक रहेको स्वयंसिद्ध छ । माननीय डा। यादव कै पार्टीका सचेतक माननीय उमाशंकर अरगरिया कै समर्थन र सल्लाहमा हामीसँगै महोत्तरी गई निज माननीय डा। यादवसँग छलफल र संवाद गर्ने र मेरियट होटलसम्म साथै आउनुभएबाट तथा मेरियट होटलबाट बाहिरिने क्रमसम्म सँगै रहनुभएको कुराले उक्त सम्पूर्ण कृयाकलापहरु विशुद्व राजनितिक विषय केन्द्रित रहेको निवेदन गर्न चाहान्छौं ।
माननीय अध्यक्षज्यू,
हामी निवेदकहरु विरुद्ध परेको उजुरी विभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएपछि सो सम्बन्धमा सम्मानित आयोगलाई समय मै स्पष्ट गर्नुपर्ने कर्तव्यबोध गरेर हामी सार्वजनिक पदधारण गरेको जनप्रतिनिधीहरु समेत भऐको र हामी विरुद्ध परेको उजुरी बारे आयोगले गर्ने काम कारवाहीमा सहजिकरण गरिदिनुपर्छ भन्ने लागेर यो स्पष्टिकरण सहित निबेदन गर्न आएका छौं । माननीय डा। यादवले दिनुभएको निबेदनको ब्यहोरा अध्ययन गर्दा यथार्थ घटना विवरणलाई बङ्ग्याई झुठो कपोलकल्पित ब्यहोरा राखी हामी उल्लिखित ब्यक्तिहरुको सामाजिक प्रतिष्ठा,पदीय मर्यादामा आंच ल्याई उल्टै हाम्रो मानव अधिकारको गम्भिर उल्लंघन गरी गलत सूचना प्रवाह गरी सम्मानित आयोगलाई गुमराहमा राख्ने बदनियतसाथ परिचालित गरेको हुंदा निज निवेदक माननीय डा. सुरेन्द्र कुमार यादव र यस कार्यमा निजलाई दुरुत्साहान गर्ने गराउने जो कोहीलाई आवश्यक छानबिन गरी हाम्रो सम्मानपूर्वक बाँच्ने अधिकार तथा नेपालको संविधान, प्रचलित कानुन तथा नेपाल पक्ष राष्ट्र रहेको राजनितिक तथा नागरिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय अनुबन्धको धारा १७ लगायत अन्य मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय कानुन प्रतिकूल रहेकोले निजहरुलाई हदैसम्म सजाय हुनेगरी आवश्यक छानबिन गरी कारबाही अघि बढाउन नेपाल सरकार समक्ष सिफारिस गरी पाउं ।
उक्त घट्नाको सम्बन्धमा भएको सत्त्यतथ्य घटनाको विवरण निम्न वुंदाहरुमा सम्मानित आयोगलाई अवगत गराउन चाहन्छौं ।
१. समाजवादी दलका प्रमुख सचेतक माननीय उमाशंकर अरगरिया (सम्पर्क नं) ९८५४०२४४४८ हामी निबेदकहरु मध्ये म महेश बस्नेत र म कृष्ण कुमार श्रेष्ठसंग समकालिन राजनीतिक समकक्षी भएकोमा चिनजान भएको हो र संघीय संसद भबनमा नियमित भेटघाट हुन्थ्यो । माननीय डा. सुरेन्द्र कुमार यादब, माननीय उमाशंकर अरगरिया समेत केही माननीयज्यूहरुको आफ्नो पार्टीको र पार्टीका नेताहरु प्रतिको असन्तुष्टीको बारेमा हामीसँग पटक पटक अनौपचारिक छलफल भै पार्टीबाटै अलग हुने की भन्ने सम्मको स्थिति रहेकोले सरकारवादी दलमा रहेका हामी निवेदक द्वयसँग आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गर्दै आउनुभएको थियो । सोही सिलसिलामा सरकारले मिति २०७७।१।८ गते अध्यादेश समेत ल्याएपछि पुनस् छलफलले सघनता पायो ।
२ यसैक्रममा मिति २०७७÷१÷०९ गते माननीय डा. सुरेन्द्र कुमार यादब स्वयंले आफ्नो पार्टीका सचेतक माननीय उमाशंकर अरगरियालाई नँया अध्यादेश बमोजिम नँया सिराबाट जानको लागि बन्दाबन्दीको अवस्थामा छलफल सल्लाह र भेटघाट गर्न वहांकै निबासमा बोलाउनु भएको भनी समाजबादी पार्टीका प्रमुख सचेतक समेत रहेका माननीय उमाशंकर अरगरियाले हामी निवेदक मध्येको कृष्ण कुमार श्रेष्ठलाई जानकारी गराएपछि माननीय डा. सुरेन्द्र कुमार यादव महोत्तरीमा उँहाकै निजी निवासमा रहनुभएको र समाजवादी दलका अरु माननीयज्यूहरु पनि महोत्तरी धनुषा तिरै रहेको र उँहाहरुसंग सर(सल्लाह नगरी अघि बढ्न नसकिने भनी पार्टीको प्रमुख सचेतकको हैसियतले कुरा राखेपछि त्यसो हो भने उहाँहरु संग राजनितिक तहको वार्ता गर्न महोत्तरी जाउं भन्ने छोटो समयमै हामीबीच सरसल्लाह भयो ।
३. सोही सिलसिलामा निवेदक मध्येको हामी कृष्णकुमार श्रेष्ठ र सर्वेन्द्र खनाल एकै जिल्लाको भएकोले साथमै राहत र बन्दाबन्दीको कारण अलपत्र रहेका घर जाने मान्छेहरुको व्यवस्थापन गर्दै आएकोमा, निवेदक मध्येको हामी महेश बस्नेत र नबिन बस्नेत समेत भक्तपुरमा सोही अनुसार सडकमा अलपत्र रहेका घर जाने मानिसहरुको व्यवस्थापनमा लागिरहेकोले सामान्य रुपमा हाम्रो भक्तपुरमा भेट भै मिति २०७७ बैशाख ९ गते सांझ अन्दाजी ८ं.३० बजे निज माननीय अरगरिया समेत हामी एउटै गाडीमा चढी नबिन बस्नेतले गाडी चलाई बर्दिबास तर्फ लाग्यौं र राति अन्दाजी ३ बजे बर्दिबासस्थित गौतम होटलमा पुगी आराम गर्यौं ।
४. तत्पश्चात मिति २०७७ बैशाख १० गते बिहानसंगै चिया नास्ता गरी पूर्ववत सल्लाह बमोजिम माननीय डा. सुरेन्द्र कुमार यादवको निबास तर्फ जाने तयारी गरी निजलाई सम्पर्क गर्दा हाल प्रदेश सभासद माननीय कौसल यादव (फोन नं. ९८५१०४६१११० लगायत अन्य कार्यकर्ताहरु हुनुहुन्छ, यो भिड कम भएपछि करिव नौ बजे तिर आउनुस् भनी उँहाले अनुरोध गरेपछि सोही मुताविक तथा माननीय अरगरियाले आफू होटल मै माननीय डा। सूर्य नारायण यादव लगायत अरु साथीहरु संग भेटघाट गर्ने वातावरण मिलाउँछु भन्नुभएकोले हामी महोत्तरी तर्फ लाग्यौं । म निवेदक सर्बेन्द्र खनाल प्रहरी सेवाको सिलसिलामा त्यस क्षेत्रमा बसेको हुनाले माननीय डा. यादवसँग पूर्व चिनजान पनि थियो । त्यसैले पनि हामी निवेदकहरु माननीय डा. सुरेन्द्र कुमार यादवको घरमा पुग्दा ५÷७ कार्यकर्ताहरु त्यँही हुनुभएकोमा हामीलाई बडो हार्दिकतापूर्वक माथिल्लो तल्लामा परिवार सहित खाजा, खानाबाट सत्कार भयो । माननीय डा। यादव, उँहाको जहान् छोराछोरी र सहयोगीहरू सहित हार्दिक आत्मियताका साथ कुराकानी गरी २÷३ घण्टा व्यतित गरेपछि हामी निबेदक र डा. यादवको बीचमा सौहार्द्रपूर्ण रुपमा राजनितिक स्तरको वार्ता संवाद सम्पन्न भयो । निज माननीय डा. यादवले काठमाडौं जानको लागि सुटकेसमा लत्ताकपडासमेत बोकी तयारी गरे र तत्पश्चात निजकै अनुरोधमा समाजवादी दलका अर्का प्रभावशाली नेता, २ नं. प्रदेश सभा सदस्य माननीय कौशल यादव बिहान मेरोमा आउनुभएको थियो उँहासँग सल्लाह गर्न उँहाको घरमा जाने कुरा भएकोमा निज माननीय कौशल यादव ससुराली घरमा जानुभएको थाहा भई निजले भने बमोजिम ससुराली घरमै पुगी भेटघाट भयो। त्यहाँ माननीय डा। यादव र माननीय कौसल यादवको बीचमा छुट्टै छलफल आवश्यक रहेको र सो गर्न त्याँहा उपयुक्त ठाँउ नभएकोले निजहरुले हामीले बसेको गौतम होटल बर्दिबासमा गएर सल्लाह गर्ने अनुरोध गरेको हुँदा हामी पुनः बर्दिवासस्थित गौतम होटेलमा फर्केको अवस्था हो, त्यो बेलासम्म करिब २ बजेको हुंदो हो । गौतम होटलमा एउटा छुट्टै कोठामा माननीय डा. सुरेन्द्र, माननीय अरगरिया र प्रदेश सभासद माननीय कौशल यादवको केही समयको वार्ता पछि समाजवादी दलकै अर्का नेता तथा सप्तरी जिल्लाका प्रतिनिधिसभा सदस्य माननीय डा. सूर्य नारायण यादवसंग फोन संवाद भयो र निज माननीय डा. सूर्य नारायण यादव बिरामी भएकोले तपाईहरु जनकपुर आउनु भन्नुभएछ।
५. प्रतिनिधि सभा सदस्यद्वय माननीय डा. सुरेन्द्र कुमार यादव र माननीय अरगरिया तथा प्रदेश सभासद कौसल यादव र निवेदक मध्येको म सर्वेन्द्र खनाल समेत उँहाहरुकै पार्टीका अर्का मानननीय डा. सूर्य नारायण यादब लाई भेट्न पुनः जनकपुर गयौं, जानकी मन्दिरबाट करिब ४÷५०० मिटर उत्तर पशचिममा रहेको निज डा.सूर्य नारायण यादवको घरमा म सर्बेन्द्र खनाल बाहिरै बसी माननीय डा. सूर्य नारायण यादबको घरमा वहांहरु तीन जनाको करीब एक डेढ घण्टा छलफल वार्ता सम्पन्न गरी हांसिखुसी साथ हामी अरु साथीहरु संग पनि सल्लाह गरेर काठमाडौं जान झोला लुगा लिएर आउंछौ भनेर माननीय डा. सुरेन्द्र कुमार यादव र माननीय कौसल यादव बाहिरिनु भयो । म सर्बेन्द्र खनाललाई माननीय अरगरियाले माननीय सूर्य नारायण यादबसँग भेटघाट गरौं भन्नुभएकोले वहाकै घरभित्र गएर चिया÷पानी खाएर निस्किएपछि हामीले माननीय डा.सुरेन्द्र र माननिय कौशललाई सम्पर्क गर्दा रामानन्दचोकमा बोलाउनु भएकोले त्यँहा पुगेर सम्पर्क गरेपछि हामीसँगै रहनुभएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई (९८०८२१३६३०) को तत्कालिन नँया शक्ति पार्टीसँग आवद्ध र माननीय डा. सुरेन्द्र यादवका निजी सहायक राजिब यादवलाई फोन दिनु भनेकाले पछि निज राजिव यादवले हामीलाई माननीय कौसल यादवको घरमा पुर्याउनु भयो । माननीय कौशलको घरमा फेरि माननीय डा.सुरेन्द्र र माननीय अरगरियाको बीचमा करिब एक घण्टा वार्ता भयो । त्यसपछि हाम्रो कुरा मिल्यो भन्दै बाहिर आउनुभयो र माननीय अरगरिया, माननीय डा.सुरेन्द्र, म र माननीय कौशल यादव झोलामा लत्ताकपडा बोकी माननीय डा. सुरेन्द्रका भिनाजु, पिएस्ओ लगायत बर्दिबास गौतम होटल तर्फ लाग्यौं । हामी बर्दिबास गौतम होटलमै बस्नुभएका माननीय महेश बस्नेत र माननीय कृष्ण कुमार श्रेष्ठ संग भेट्यौं, बस्यौं, सबैसंग छलफल पछि माननीय सुरेन्द्र कुमार यादव, माननीय उमाशंकर अरगरिया, माननीय कौसल यादवसमेत काठमाडौंमा रहेका समाजवादी दलका असन्तुष्ट माननीयज्यूहरुले अन्तिम छलफलका लागि भेट्ने सहमति भयो ।
६. बर्दिबास आइ माननीय डा. सुरेन्द्र कुमार यादव, माननीय उमाशंकर अरगरियाको मिति २०७७÷०१÷११ गते बिहान सम्माननीय प्रधानमन्त्री ज्यूसंग भेट्ने कार्यक्रम तय भयो । हामी मिति २०७७÷१÷१० गते अन्दाजी सांझ ६ बजे बर्दिबास बाट छुट्टाछुट्टै तीन वटा गाडीमा काठमाण्डौ तर्फ लाग्यौं । निबेदक माननीय डा. सुरेन्द्र यादव को साथमा पिएसओ, भान्जा, भिनाजु, प्रदेश सांसद कौशल यादब, माननीय अरगरिया र ड्राइभर समेत ७ जना आउनुभएको थियो । त्यँहावाट हामी सिन्धुलीमा आएर सिन्धुली ईन भन्ने होटेलमा खाजा नास्ता खायौं । हामी निवेदकहरु चढेको गाडीमा प्राबिधिक समस्या आएकोले सिन्धुलीस्थीत प्रहरी कार्यालयमा विग्रिएको गाडी थन्काई अर्को गाडी खोजी अन्दाजी १०÷११ बजे तिर हिंडी काभ्रेभञ्ज्याङमा पुगेपछि साथमै बसी खाना खाँदा अन्दाजी २ घण्टा व्यतित भयो र अन्दाजी ३ बजे काठमाडौंको मेरियट होटलमा पुग्यौं, होटलमा माननीय डा. सुरेन्द्र कुमार यादव, हामी निवेदक सांसद द्वयको समेत परिचयपत्र राखी होटेलमा प्रवेश गर्यौं । यस अघि काठमाडौंस्थित मेरियट होटेलमा आइपुग्दा माननीय कल्लुदेवी सुनार र उँहाको श्रीमान् समेत माननीय उमाशंकर अरगरीयासँग सम्पर्क गरी होटेलमा पुग्नुभएको रहेछ । हामीले बुझ्दा असन्तुष्ट पक्षहरु एक आपसमा छलफल गर्ने कुरा गर्दै रहनुभएकोमा उँहाहरुको आपसी कुरामा हामी बस्न उपयुक्त नसम्झी हामी आराम गर्न आफ्नो कोठामा गयौं । त्यँहा पुगेपछि नै प्रदेश सभा सदस्य माननीय कौशल यादवले म भैंसेपाटीको आफ्नै घर जान्छु भनेर हिड्नुभयो । निवेदक मध्येको म सर्वेन्द्र खनाल पनि आफ्नो घरतर्फ लागें । माननीय सुरेन्द्र यादब र वहांको भिनाजु छुट्टै कोठामा, माननीय अरगरिया छुट्टै कोठामा, हामी निवेदक सँगसंगै आउनुभएका पिएसओ र भान्जा एउटा रुममा र हामी द्वय निवेदक सांसद एउटा कोठामा आराम गरेको सत्त्यतथ्य ब्यहोरा अनुरोध गर्दछौं ।
७. मिति २०७७÷०१÷११ गते बिहान उठेर सामाजिक सन्जाल चलाएपछि र सुभचिन्तक समर्थकहरुले विश्वदिप पाण्डे लगायतले ट्वीट गरेको र समाजवादी पार्टीका नेता आङकाजी शेर्पा लगायत कार्यकर्ताहरु होटेलमा आई हल्लाखल्ला गरि फेसबुकमा लाईभ आएको भिडियो हेरेपछि जानकारी पाएको हो ततपश्वात हामी पनि आ÷आफ्नै अनुकूलतामा क्रमशः होटलबाट बाहिरियौं । मुख्य भएको सत्य ब्यहोरा अनुरोध छ ।
माननीय अध्यक्षज्यू,
हामी निबेदकहरु बिरुद्व परेको उजुरी खारेज गरी पाउं भन्ने सम्बन्धमा निम्न लिखित निवेदन गर्दछौः
उल्लिखित हाम्रो यथार्थ जानकारीबाट अवगत हुन्छ कि यो नितान्त राजनितिक तहको वार्ता हामी सबै बीचको सहमतिमा सौहार्दपूर्ण रुपमा भएको थियो, बिहान मेरियट होटलबाट निस्किनुभएका माननीय डा. सुरेन्द्र कुमार यादव अहिले हाम्रो सम्पर्कमा हुनुहुन्न, समाजबादी पार्टीका प्रमुख सचेतक माननीय उमाशंकर अरगरिया र २ नं. प्रदेश सभासद कौशल यादव साथ मै हुंदा भएको सम्पूर्ण घटनाक्रममा माननीय डा. सुरेन्द्र यादबले माननीय उमाशंकर अरगरिया र प्रदेश सभासद माननीय कौसल यादव लगायत आफुसँगै आएका अन्य आफन्तहरुबारे केही कुरा उल्लेख र जानकारी नदिई, नबोली बाबुराम भट्टराई तथा विश्वदिप पाण्डेको सम्पर्कमा पुगेपछि बदनियतपूर्वक राजनीतिक लाभ लिने उद्देश्यबाट प्रेरित भई हामी निवेदकहरु विरुद्ध त्यसपछिका घटनाक्रमहरुमा योजनावद्धरुपमा एकपछि अर्को कार्यहरु हामीहरुलाई फसाउन गरेको कार्यबाट हामी आश्चर्यचकित भएका छौं ।
उल्लिखित ब्यहोराको हदसम्म सम्मानित आयोगमा निबेदन दर्ता गराई हामी निबेदकहरुलाई विपक्षी बनाउने माननीय डा. सुरेन्द्र कुमार यादब, हामीलाई काठमाडौंबाट निज माननीय डा. सुरेन्द्र कुमार यादवको फोन आएको छ, छलफल र सहमति गर्न जाऔं भनेर साथमै लिएर जाने साथमै लिएर आउने माननीय उमाशंकर अरगरियाको पूर्ण संलग्नता रहेको हुंदा उल्लिखित सांचो सत्त्य कुरालाई गलत ढंगले प्रस्तुतीकरण गरी झुठा मनगढन्ते आरोप लगाई अपहरणकारी र शरीर बन्धक लिने जस्तो गम्भिर फौजदारी आरोप सार्वजनिक रुपमा लगाई हामी निबेदकहरुको मान प्रतिष्ठा, मर्यादामा आंच पुर्याई आमनागरिक र हाम्रा मतदाताहरुमा समेत भ्रम शृजना गरी हाम्रो मानव अधिकार उल्लंघन गरेकोले निजहरुलाई आवश्यक कारबाही गर्न नेपाल सरकारका सम्बन्धित निकायमा सिफारिस गरिदिनु हुन माननीय अध्यक्षज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं । प्रारम्भिक रुपमै सत्त्यता प्रमाणित गर्न नसकेकोले महानगरीय प्रहरी परिषर र जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले हामी विरुद्ध जाहेरी दरखास्त दर्ता गर्न प्राविधिक विषय उठान गरेको देखिन्छ, निज माननीय डा. सुरेन्द्र कुमार यादव र निजको जहानले विभिन्न संचार माध्यमबाट समेत आफूलाई कसैले अपहरण गरेको होइन भनेर दिएका अभिव्यक्तिहरुबाटै प्रारम्भमै निज निबेदक माननीय डा। सुरेन्द्र कुमार यादबको यस सम्मानित आयोगमा परेको निवेदन प्रायोजित, पुर्वाग्रही भएकोले खारेजी भागी छ र उल्लिखित तथ्य प्रमाणहरुको आधारमा उक्त मिति २०७७÷०१÷१८ मा हाम्रा बिरुद्ध परेको निबेदन खारेज गरी न्याय इन्साफ पाउं साथै हाम्रो मानव अधिकारको उचित संरक्षण गरी पाउं ।
शरीर बन्धकमा लिने उपर कारबाही हुन सिफारिस को लागि अनुरोध
मिति २०७७÷०१÷११ गते बिहान होटल मेरियटबाट निस्कनु भएका माननीय डा. सुरेन्द्र कुमार यादब एक्कासी मिति २०७७÷०१÷१४ मा पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई, समाजवादी दलका नेता विश्वदिप पाण्डे, नेतृ हिसिला यमी सहितको दलबलले निज माननीय डा. सुरेन्द्र कुमार यादबलाई लिई जाहेरी दरखास्त दिने भनी महानगरीय प्रहरी परिषर टेकु पुग्नुभएपछि निज माननीय यादबलाई डा. बाबुराम भट्टराईले नै घरबाट निस्किन नदिइ फोन स्वीच अफ गर्न लगाई आफ्नै घरमा नियन्त्रणमा राखी शरीर बन्धकमा लिएको भन्ने कुरा हाल सार्वजनिक भऐको माननीय प्रदेश सभा सदस्य कौशल यादवको अडियोबाट समेत पुष्टी हुन्छ । माननीय उमाशंकर अरगरिया र कौशल यादवको सम्बन्धमा एक शब्द उच्चारण नगरी भएको सत्य घट्ना लाई गुमराहमा राखेकोले निज माननीयहरु र यस अघि होटल मेरियटबाट आफू मर्निङवाकमा जांदा बाबुराम भट्टराईले पठाएको गाडीमा फर्किन सहयोग गर्ने आङकाजी शेर्पा र शरीर बन्धक लिने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अनुसन्धान तहकिकात गरी प्रचलित नेपाल कानुन बमोजिम हदैसम्मको सजाय गर्ने गरी कारबाही अघि बढाउन सम्बन्धित कार्यालयलाई सिफारिस सहितको निर्देशन दिनुहुन सादर अनुरोध गर्दछौं ।
सामाजिक संजालको दुरुपयोग गर्ने उपर कारबाही गर्न सिफारिस गरी पाउं
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईज्यूको मिति २०७७÷०१÷१० गते पछिका फेसबुक वालमा रहेका हामीलाई अपहरणकारी, प्रधानमन्त्री लाई भष्मासुर भन्ने, जातीय शद्भाव भड्काउने हिसाबले टपरे बाहुन भन्ने जस्ता कुराहरु विद्युतिय स्वरुपमा प्रकाशन गरी शब्दहरुले सिंगो नेपाली जनता, हामी सांसदहरु र आम नागरिकमा भ्रम शृजना भएको छ, घृणा र द्वेष फैलाइएको छ। साथै रुपन्देही जिल्ला, सेनामैना नगरपालिका वडा नं. १ बनकट्टा बस्ने विश्वदिप पाण्डेले आफ्नो फेसबुक स्टाटसमा लेखेको फेहरिस्त यसै निवेदन साथ संलग्न छ । यी अन्यायी विश्वद्विप पाण्डेले हाम्रो साख गिराउने काम गरेका छन्, सामाजिक संजालको पूर्ण रुपमा दुरुपयोग भएको छ, प्रचलित कानून बिपरित काम भएको छ । त्यसैले ती सबै प्रमाणहरु जुटाई बिद्युतीय (इलेक्ट्रोनिक), कारोबार ऐन, २०६३ को दफा ४७, दफा ५३, ५४, ५८ (क), ७४ अनुसार कसुर गरेको अभियोगमा पूर्व प्रधानमन्त्री माननीय बाबुराम भट्टराई तथा रुपन्देही जिल्ला, सेनामैना नगरपालिका वडा नं.१ बनकट्टा बस्ने समाजवादी दलका नेता बिश्वदिप पाण्डेले सामाजिक संजालको दुरुपयोग गरी आफ्नो फेसबुक, ट्वीटरको माध्यमबाट हामी निवेदकहरु र सम्माननीय प्रधानमन्त्रीज्यू, वाहुन जातीसमेतलाई विद्युतीय कसुर गरेको र समाजवादी दलका नेता माननीय डा. सुरेन्द्र कुमार यादव संग निजकै घरमा भएको राजनितिक तहको वार्ता र सो वार्ता पछि काठमाडौं देखि हामीलाई साथमै लिएर जानु आउनु भएका समाजवादी दलका प्रमुख सचेतक माननीय उमाशंकर अरगरिया समेत सम्माननीय प्रधानमन्त्रीज्यूसंग भेटवार्ता गर्न साथै आएको ब्यहोरालाई जोडी समाजलाई दिग्भ्रमित पार्ने किसिमका शब्दहरु प्रयोग गरी हामी निवेगदक विरुद्ध घृणा, द्वैष फैलाउने सामाग्री प्रकाशन गर्ने, सार्वजनिक मिडियाहरुमा अन्तर्वार्ता दिने, सम्माननीय प्रधामन्त्रीज्यूलाई समेत भष्मासुर जस्तो संज्ञा दिई सामाजिक प्रतिष्ठामा आंच आउने कार्य गरे गराएको साथै माननीय डा. सुरेन्द्र कुमार यादबलाई हुँदै नभएको झुठ्ठा जाहेरी र उजुरी गर्न दुरुत्साहन गरेको हुंदा निज कसुर गर्ने ब्यक्तिहरुको बारेमा अनुसन्धान तहकिकात गरी हाम्रो समाजमा रहेको प्रतिष्ठा र सामाजिक मर्यादा प्रति गम्भिर आंच पुर्याई मानव अधिकारको उल्लंघन भएकोमा न्याय इन्साफ दिलाइ पाउंन सादर अनुरोध गर्दछौं ।
माननीय अध्यक्षज्यू,
उल्लिखित सम्पूर्ण भए गरेका कृयाकलाप र व्यवहारले हामी निवेदकहरुको समग्र मानव अधिकारको हनन भएको तथा हामी र हाम्रो परिवार तथा समर्थक शुभ चिन्तकहरुमा पर्न गएको मनोवैज्ञानिक पिडा र अपूरणीय क्षति भएको हुंदा नेपालको संविधान २०७२ को धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम विपक्षीहरु माननीय डा. सुरेन्द्र कुमार यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, विश्वदिप पाण्डे, हिसिला यमी, आङकाजी शेर्पा लगायत हामी निवेदकहरुको मानव अधिकारको उल्लंघन भएको, उल्लंघन गर्न दुरुत्साहन भएको र यी कार्यहरु रोक्न सम्बन्धित अधिकारीले उदासिनता देखाएकोले प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्न गराउन सम्बन्धित निकायमा सिफारिस गरी पाउं ।
संलग्न प्रमाणहरु
उल्लिखित तथ्यलाई पुष्ट्याई गर्ने निज कसुर गर्ने ब्यक्तिबाट दिएका अनतर्वार्ता, अभिब्यक्ति लगायत सामाजिक संजालमा ट्वीट गरिएका सामाग्रीहरु मध्ये हामीसंग भएका देहायका प्रमाणहरु संलग्न गरी पेस गरेका छौं
१. विपक्षीहरु बाबुराम भट्टराई, विश्वदिप पाण्डे, आङकाजी शेर्पाले आ आफ्नो सामाजिक संजालहरुमा प्रकाशन गरेको हामी बिरुद्धको स्टाटस, ट्वीट र लाइभको नक्कल प्रति
२. विभिन्न पत्रपत्रिकामा आएको समाचारहरुको नक्कल प्रति
३. विपक्षीहरु डा. सुरेन्द्र कुमार यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विभिन्न संचार माध्यममा दिनुभएको भ्रमपुर्ण, विवादास्पद अन्तरवार्ताको बिद्युतीय कपी
४. अन्य हामी बसेको होटेल लगायत बाटोमा आँउदाको आवश्यक सिसि टिभी फुटेजहरु झिकाई बुझी प्रमाण लगाई पाउँ
५. निज विपक्षी डा. सुरेन्द्र कुमार यादवको कल डिटेल झिकाई बुझी प्रमाण लगाई पाउँ
निवेदकहरुः
महेश बस्नेत
कृष्ण कुमार श्रेष्ठ (किसानं)
सर्वेन्द्र खनाल
नबिन बस्नेत
मिति २०७७ साल बैसाख २२ गते रोज २ शुभम ।