व्यास नपालाई नेकपाको १ लाख ११ हजार सहयोग

Devghat Online

शेयर गरौ

बैशाख २३, दमौली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटिले कोरोना भाइरस उपचार तथा राहत कोषमा सहयोग गरेको छ । नेकपा व्यास नगर कमिटिले मंगलबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ उपलब्ध गराएको छ । कोरोना भाइरस विरुद्ध व्यास नगरपालिकाले लडेको लडाईमा पार्टीको पनि ऐक्यबद्धताकोलागि सहयोग गरिएको नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्कीले बताए ।
यो मानविय विपत र समवेदनाको घडिमा हामी साथमै छौ भन्ने उदेश्यले नेपाल कम्युनिष्ट पार्टि (नेकपा) व्यास नगर कमिटि को तर्फ वाट कोरोना भाईरस उपचार तथा राहत कोषमा रकम सहयोग गरिएको अध्यक्ष कार्कीले बताए ।
सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सबैको ऐक्यबद्धताबाट कोरोनालाई पराजित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध