नक्कली परिक्षार्थी ७ वर्ष पछि पक्राउ

Devghat Online

शेयर गरौ

१ साउन, दमौली
तनहूँ प्रहरीले नक्कली परिक्षार्थीलाई ७ वर्ष पछि पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुका फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तिब्रता दिएको तनहूँ प्रहरीले नक्कली परिक्षार्थी बनी परीक्षा दिएको मुद्दामा फरार रहेका जिल्ला झापा कन्काई नगरपालिका वडा नम्बर ३ सुरुङ्गा घर भई हाल भानु नगरपालिका वडा नम्बर १ भन्सार बस्ने ३० वर्षीय जितेन्द्र कुमार शर्मालाई विहिबार पक्राउ गरेको हो ।
शर्मा उपर तनहुँ जिल्ला अदालतको २०७०जेठ २३ गतेको फैसला वमोजिम ४० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेकोमा शर्मा सो जरिवाना भुक्तान नगरी फरार रहेकोमा उनको खोजतालस गर्ने क्रममा विहिबार आफ्नै घरमा नै लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताए ।
पक्राउ पछि उनलाई अदालतमा पेश गरि थुनामा राख्न कारागार पठाईएको डिएसपी तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई