४ साउन, दमौली
गत साता आएको बाढीले म्याग्दे गाउपालिका–५ सेरामा ४ वटा पोखरीको माछा
बगाएको छ । बाढीले छाङ प्रेम कृषि तथा पशुु फार्मको पोखीमा पालिएको
सबै माछा बगाएको फार्मका संचालक विष्णुकुमार मल्लले बताए । मल्लले चार वटा
पोखरीमा करिब पाँच हजार माछा पालेका थिए । त्यसमध्ये तीन हजार माछा बिक्री
गर्ने बेलाको थियो । विक्री गर्ने माछाको तौल करिब २ सय ५० ग्राम भएको
थियो ।
बिक्रि गर्ने बेलाको सबै माछा बगाएपछि १० लाख भन्दा बढिको क्षती भएको
मल्लले बताए । अहिले १० वटा पोखरी मध्ये ४ वटामा माछा पालेका मल्लले बाँकी
६ वटा पोखरीमा पनि माछा हाल्ने तयारी गरेका थिए । तर बाढिले सबै पोखरीमा
हिलो जम्मा गरेको छ । बाढीले फार्ममा रहेको दुई वटा जेनेरेटर, ड्रम,
जाली, औजार लगायतका सामग्री र माछाको दाना राख्न बनाईएको कच्ची संरचना
पनि बगाएको मल्लले बताए ।
गत वर्षबाट मात्र व्यवसायीक माछा पाल्न थालेका मल्लले अहिलेको बाढीले
आफुलाई ठुलो क्षती पु¥याएको भन्दै राज्यले राहत उपलब्ध नगराए माछा
पालनबाट विस्थापित हुनु पर्ने बताए । राज्यले राहत दिए फेरी पोखरी
पुननिर्माण गरि माछा पाल्ने तर राहत नपाए पेशाबाट विस्थापित हुने बताए ।
जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे
दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको