पृथ्वीराजमार्गको पाँच ठाउँमा पहिरो, यातयात अवरुद्ध

Devghat Online

शेयर गरौ

६ साउन, दमौली
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ देखी कोत्रेसम्मको तनहँुको खण्डमा पाँच ठाउँमा पहिरो खसेको छ । सोमबार बिहानदेखी लगातार परेको पानीको कारण पृथ्विराजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा अहिले राजमार्ग अवरुद्ध छ ।


सो सडक खण्डको आवुखैरेनी गाउँपालिकाको ऐनापहरा, मार्किचोक, बन्दिपुर गाउँपालिकाको नयाँपुल र नाहाला तथा म्याग्दे गाउँपालिकाको गुणादीमा पहिरो गएको डिभिजन सडक कार्यालय दमौलीका सुचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले जानकारी दिए ।


त्यस मध्ये अन्य स्थानको पहिरो पन्छाईएको भएपनि ऐनापहरामा भने माथि अग्लो डाँडाबाट अहिले पनि लेदो बगिरहेको कारण पहिरो पन्छाउन नसकिएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । पहिरो पन्छाउन गएको डोजर काम गर्न नसकेपछि त्यसै फर्किएको उनले जानकारी दिए । डाँडाबाट लेदो खस्न रोकिएपछि साँझ सम्म पहिरो पन्छाइसक्ने श्रेष्ठको भनाई छ ।


यसै गरि बन्दिपुर गाउँपालिका–१ को नाहामा करिब ४ मिटर सकड बाढीले बगाएको छ । सडक बगाउँदा ठुलो खाल्डो बनेको छ । उक्त स्थानमा डाइर्भसन राखिसकिएको इन्जिनियर श्रेष्ठले बताए । डाइभर्सनमा चिप्लो हुने हुँदा ग्राभेल हालेर यातयात सन्चालन गरिएको श्रेष्ठले बताए ।


यसैविच बाढि र पहिरोमा जिल्लामा दर्जन भन्दा धेरै घर बगाएको छ । सबैभन्दा धेरै क्षती बन्दिपुर गाउँपालिकामा भएको छ । उक्त गाउँपालिका ७ वटा घर पहिरोले बगाएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए । पहिरोमा परि सोमबार २ जनाको मृत्यु भएको र मंगलबार मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा