पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण (फोटो फिचर)

Devghat Online

शेयर गरौ

७ साउन, देवघाट
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देवघाट गाउँपालिका कमिटीको आयोजनामा बुधबार देवघाट क्षेत्र बिकासको अगाडीको गलेश्वर मार्ग र धर्मार्थ अस्पतालको वरपर बृक्षारोपण गरिएको छ ।

सो अवसरमा आँप, कागती, कपुर र रिठ्ठा गरि करिब ३ सय विरुवाको रोपिएको थियो ।


सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरले कपुरको विरुवा वृक्षरोपण गरि कार्यक्रमको उद् घाटन गरेका थिए ।


नेकपा देवघाट गाउँ पालिका कमिटिका अध्यक्ष भुवनसिंह गुरुङको अध्यक्षता सम्पन्न सो कार्यक्रममा देवघाट क्षेत्र बिकास समितीका अध्यक्ष शिवराज पौडेल, देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ, वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनावस्ती र फुलमाया बि.क., देवघाट क्षेत्र बिकास समितिका सदस्य नवराज ढकाल र किरण सुवेदी, देवघाट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी, समाजसेवी चन्द्रप्रकाश दवाडी, समाजसेवी महेन्द्र प्याकुरेल, देवघाट सामुदायिक सेवा एवं सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती, देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, देवघाट युवा तथा खेलकुद समितिका सचिव सान श्रेष्ठ र समाजसेवी माया शर्मा लगायतको उपस्थिति रहेको थियोे ।


सो कार्यक्रमको सन्चालन नेकपा गाउँपालिका कमिटिका सचिव केशवचन्द्र न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४