सांसद श्रेष्ठद्वारा बाढी पहिरोले पु¥याएको क्षतीको निरिक्षण

Devghat Online

शेयर गरौ

१३ साउन, दमौली
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले हालै आएको बाढि र पहिरोको कारण व्यास नगरपालिका भित्रका विभिन्न स्थानमा भएको क्षतीको निरिक्षण गरेका छन् । सांसद श्रेष्ठले मंगलबार विहानैदेखी क्षतीग्रस्त स्थानको निरिक्षण गरि स्थानीय बासिन्दासँग छलफल गरेका छन् ।


सांसद श्रेष्ठले व्यास नपा–३ देउराली नगरेको बौद्ध गुम्बाको निरिक्षण गरेका छन् । अविरल बर्षाको कारण गुम्बा पछाडीको जग्गा भासिएको कारण गुम्बा नै धरापमा परेको बारेमा गुनासो आएपछि सांसद श्रेष्ठले गुम्बाको निरिक्षण गरेका थिए । त्यस्तै व्यास नपा ३ को सिर्जना टोलको पनि स्थलगत निरिक्षण गरेका थिए । लगातारको पानी र मादी नदिको कटानको कारण सिर्जना टोलका केही घरहरु जोखिममा परेको बारेमा स्थानीय बासिन्दाले सांसद श्रेष्ठलाई जानकारी गराएका थिए ।


त्यसैगरि व्यास नपा १० र ११ को भ¥याङदीको पनि सांसद श्रेष्ठले स्थलगत निरिक्षण गरेका थिए । पहिरोको कारण भ¥याङदीका करिब ५० घरहरु जोखिममा परेका छन् । सांसद श्रेष्ठले त्यस बारेमा जानकारी लिएका छन् ।

त्यस्तै व्यास नपा १० को डिहीगाउँ र बुल्दी खोलामा आएको बाढीको कारण बगरमा परिणत भएको व्यास नपा २ को मालेबगर क्षेत्रको पनि सांसद श्रेष्ठले मंगलबार नै निरिक्षण गरेका थिए ।


बाढी र पहिरोले पु¥याएको सबै क्षतीको निरिक्षण पश्चात सांसद श्रेष्ठले आफुले यस बारेमा संघीय सरकार र प्रदेश सरकारसँग कुरा गर्ने र पीडितहरुलाई राहत र पुनस्थापनाकोलागि सहयोग गर्ने बताए । मालेबगरको निरिक्षण गर्दै सांसद श्रेष्ठले खोलाको दायाँ वायाँ ५० मिटर सम्म कुनै पनि भौतिक संरचना निर्माण गर्न नहुने भन्दै जोखिम कम गर्न पनि खोला किनारको संरचना हटाउनु पर्ने बताए ।

खोलालाई आफ्नो गतीमा बग्न दिने हो भने त्यसले मानवीय र भौतिक क्षती पनि कम हुने सांसद श्रेष्ठको भनाई थियो । मापदण्डको कडाईमा स्थानीय तहहरुले अलि बढि ध्यान दिनु पर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक