मिडिया लिटरेसी निबन्ध प्रतियोगितामा देवघाटका प्रविण नेपाल दोश्रो

Devghat Online

शेयर गरौ

१८ साउन, काठमाडौं
नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रम तथा शैली थियटरले संयुक्त रूपमा आयोजनामा गरेको मिडिया लिटरेसीसम्बन्धी अनलाइन नयाँपुस्ता र शैली राष्ट्रिय निबन्ध प्रतियोगितामा तनहूँको देवघाटका प्रविण नेपाल राष्ट्रिय स्तरमा नै दोश्रो हुन सफल भएका छन् । आईतबार सार्वजानिक नतिजा अनुसार महेश संस्कृत गुरूकुलम् देवघाटका कक्षा १० का छात्र प्रविण नेपाल दोश्रो भएका हुन् ।

प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ मा पढने रोजिता आचार्य क्षेत्री प्रथम भएकी छिन् । यसैगरि पञ्चोदय मावि धनगढी कैलालीका एसईईका छात्र पवन भट्ट तेश्रो भएका छन् ।

प्रतियोगितामा प्रथमलाई प्रमाणपत्र र १५ हजार नगद दोश्रो हुनेलाई प्रमाणपत्रको साथमा नगद १० हजार तेश्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

नेपाली बालबालिकलाई मिडिया लिटरेसीका बारेमा कति जानकारी छ र उनीहरूमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता बुझ्नका लागि द नेदरल्याण्ड्सको द फ्रि प्रेस अनलिमिटेडको सहयोगमा सो प्रतियोगिता आयोजना गरिएको थियो ।

यो प्रतियोगितामा देशभरबाट एक सय ३३ प्रतियोगिहरुले सहभागिता जनाएका थिए । कोभिड १९ को बढ्दो संक्रमणका कारण प्रतियोगिता भर्च्युअल रूपमा आयोजना गरिएको र यसका निर्णायकहरूले पनि अनलाइनमा नै ती निबन्धको परिक्षण गरेका थिए। बालबालिकाको सुरक्षाका लागि उनीहरूले पाएको पुरस्कार तथा प्रमाणपत्र समेत अनलाइनबाट नै पठाइने व्यवस्था गरिएको आयोजकले वताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा