मिडिया लिटरेसी निबन्ध प्रतियोगितामा देवघाटका प्रविण नेपाल दोश्रो

Devghat Online

शेयर गरौ

१८ साउन, काठमाडौं
नेपाल वातावरण पत्रकार समूहको नयाँपुस्ता कार्यक्रम तथा शैली थियटरले संयुक्त रूपमा आयोजनामा गरेको मिडिया लिटरेसीसम्बन्धी अनलाइन नयाँपुस्ता र शैली राष्ट्रिय निबन्ध प्रतियोगितामा तनहूँको देवघाटका प्रविण नेपाल राष्ट्रिय स्तरमा नै दोश्रो हुन सफल भएका छन् । आईतबार सार्वजानिक नतिजा अनुसार महेश संस्कृत गुरूकुलम् देवघाटका कक्षा १० का छात्र प्रविण नेपाल दोश्रो भएका हुन् ।

प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ मा पढने रोजिता आचार्य क्षेत्री प्रथम भएकी छिन् । यसैगरि पञ्चोदय मावि धनगढी कैलालीका एसईईका छात्र पवन भट्ट तेश्रो भएका छन् ।

प्रतियोगितामा प्रथमलाई प्रमाणपत्र र १५ हजार नगद दोश्रो हुनेलाई प्रमाणपत्रको साथमा नगद १० हजार तेश्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।

नेपाली बालबालिकलाई मिडिया लिटरेसीका बारेमा कति जानकारी छ र उनीहरूमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता बुझ्नका लागि द नेदरल्याण्ड्सको द फ्रि प्रेस अनलिमिटेडको सहयोगमा सो प्रतियोगिता आयोजना गरिएको थियो ।

यो प्रतियोगितामा देशभरबाट एक सय ३३ प्रतियोगिहरुले सहभागिता जनाएका थिए । कोभिड १९ को बढ्दो संक्रमणका कारण प्रतियोगिता भर्च्युअल रूपमा आयोजना गरिएको र यसका निर्णायकहरूले पनि अनलाइनमा नै ती निबन्धको परिक्षण गरेका थिए। बालबालिकाको सुरक्षाका लागि उनीहरूले पाएको पुरस्कार तथा प्रमाणपत्र समेत अनलाइनबाट नै पठाइने व्यवस्था गरिएको आयोजकले वताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक