विभिन्न मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

१९ साउन, दमौली
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले भवितव्य ज्यान मुद्दाका फरार दुइ जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो ।

म्याग्दे गाउँपालिका ३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका १० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई उनिहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले उनिहरु विरुद्ध जनही एक वर्षकैद र ३०० रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

उनिहरुले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र ३०० रुपैयाँ जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुइ जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, शुक्लागण्डकी नगरपालिका ७ बस्ने नवीनलाल श्रेष्ठलाई उनकै घरबाट पक्राउ गरिएको छ । उनीविरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय