रामलाल बचाउन समाज गठन, संयोजकमा ढुङ्गाना

Devghat Online

शेयर गरौ

वि. वि. श्रेष्ठ
२५ साउन, दमौली
मृगौला पिडित रामलाल श्रेष्ठको उपचारमा सहयोग गर्नकालागी समाज गठन गरिएको छ । साविक जामुने, मनपाङ्ग र छाङ्ग हाल म्याग्दे निवासी स्थानिय वासिन्दाहरुको भेलाले मृगौला पिडित रामलालको जीवनरक्षाका लागी आर्थिक सहयोग जुटाउने अभिप्राय स्वरुप म्याग्दे दमौली सम्पर्क समाज गठन गरेको हो ।
ज्येष्ठ सदस्य रामवहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त भेलाले भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा ७ सदस्यीय समाज गठन गरिएको हो ।
भाग्यशाली ढुङ्गानाको संयोजकत्वमा गठित समाजले उपसंयोजकमा मनिराज थापा, सचिवमा पदमकुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज अधिकारी, सदस्यहरुमा हरिश्चन्द्र वाग्ले, वलराम वाग्ले र राजकुमार श्रेष्ठ वि.वि. सर्वसम्मतले चयन गरेको छ ।
समाजले म्याग्देमा रहेका परिवारलाई परेको दुख, कष्टमा सहजीकरणको भुमिका खेल्ने समाजको अध्यक्ष ढुङ्गानाले वताए । यो विशुद्ध समाजिक संस्था हो, यसले म्याग्देमा रहने स्थानिय वासिन्दालाई परेको समस्यालाई समाधान गर्ने भुमिका खेल्नेछ । आपत विपत र प्राकृतिक दुर्घटना लगायतको घटनामा समाजले सक्दो सहयोग गर्दछ, यसैका लागी समाज गठन गरिएको हो, संयोजक ढुङ्गानाले वताए ।
रामलाल श्रेष्ठलाई परेको दुखमा समाजले सकेको सहयोग गर्दछ, यसका लागी सम्पुर्ण मनकारी दानदाताहरुलाई सहयोग गर्न पनि उनले अपिल गरे । मृगौला पिडित रामलाल आफैमा पिडित हुदाँहुदै जेठो छोराका करेण्ट लागेर मृत्यृले थप क्षति पुगेको छ ।
यो वेलामा सम्पुर्ण महानुभावहरुलाई सहयोग गर्न समाजे आग्रह गरेको छ । सहयोग गर्न ईच्छुक महानुभावहरुले एन.एम.वी वैक को दमौली शाखामा रहेको रामलाल श्रेष्ठको खाता नं १२८०१००५५९५०००११ रकम जम्मा गर्न र आवश्यक केहिु वुझन ८४६०४०३२६, ९८४६०६२०८७ र ९८४६०९०७१८ मा सम्पर्क गर्न समेत उनले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय