कोरोनाको जोखिम बढेको भन्दै देवघाटमा सतर्कता

Devghat Online

शेयर गरौ

२५ साउन, देवघाट
देवघाट क्षेत्र विकास समितिले देवघाट क्षेत्रमा कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । देवघाट क्षेत्र विकास समितिमा आईतबार आयोजित सर्वपक्षीय बैठकले देवघाट क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको हुँदा सतर्कता अपनाउन सबै पक्षलाई अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुर महानगरपालिका, देवघाट क्षेत्र विकास समिति, देवघाट गाउँपालिका, र इलाका प्रहरी कार्यालय देवघाटको संयुक्त बैठकले कोरोनाको संक्रमबाट बच्न र बचाउन विभिन्न सुरक्षाका उपायहरु अबलम्बन गर्न सर्वसाधरणमा अनुरोध गरेको छ ।
देवघाट क्षेत्र प्रमुख धार्मिक पर्यटकीय गन्तव्य रहेको तथा यस क्षेत्रमा विभिन्न बृद्धाश्रममा बृद्धबृद्धाहरु र गुरुकुलमा बालबालिकाहरु समेत रहेको हुँदा उहाँहरु सबैलाई कोरोनाको जोखिमबाट बचाउन पनि सबैले सुरक्षाका उपायहरु अबलम्बन गर्न जुरुरी रहेको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।
देवघाटमा अनियन्त्रित रुपमा मलामीहरुको आगमन तथा अनावश्यक घुमफिर, खुल्दै गरेका होटल तथा उपभोक्ताहरु, मेला पर्वमा नआउन अनुरोध गर्दा गर्दै पनि आईरहने नागरिकहरु र देश विदेशबाट आई लुकिछिपी आफ्नै घरमा बसेका नागरिकहरु कोरोनाको संक्रमणको जोखिमको प्रमुख कारणहरु पहिचान गर्दै जोखिम कम गर्न विभिन्न निर्णयहरु गरेको अध्यक्ष पौडेलले बताए ।
मलामीको संख्या २० देखी २५ जना भन्दा बढि हुन नपाईने, मलामीहरु अनावश्यक घुमफिर गर्न नपाईने, देवघाट क्षेत्रको चितवन र तनहँु तर्फका होटलहरु भदौ ७ गतेसम्म सन्चालन गर्न नपाईने, अत्यावश्यक बस्तु तथा सेवा उपलब्ध गराउने पसलहरु विहान ७ देखी १० बजेसम्म र साँझ ४ देखी ७ बजेसम्म मात्र निश्चित सुरक्षाका मापदण्ड पुरा गरि सन्चालन गर्नु पर्ने निर्णय गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरेले बताए ।
त्यसैगरि अनावश्यक रुपमा एक्लै वा समुहमा हिडडुल गर्न नहुने तथा हिड्न परे मास्क अनिवार्य प्रयोग गर्नु पर्ने, सार्वजानिक यातयातका साधनहरु भदौ ७ गतेसम्म सन्चालन बन्द गर्ने, नित्य कर्म बाहेक मठ मन्दीर खुल्ला गर्न नपाईने, आश्रमहरुमा सत्संग र ध्यान समेत बन्द गर्नु पर्ने निर्णय गरेको कार्यकारी निर्देशक घिमिरेले बताए । कोरोनाको संक्रमणको जोखिम कम गर्न क्षेत्र विकास समितिले यस अघि नै साउन महिनामा लाग्ने बोलवम मेला स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र