लागु औषध मुद्धामा फरार व्यक्ति २ वर्ष पछि पक्राउ

Devghat Online

शेयर गरौ

२६ साउन, दमौली
तनहूँ प्रहरीले लागु औषध मुद्धामा फरार रहेका व्यक्तिहरुलाई दुई वर्ष पछि पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिएको तनहूँ प्रहरीले सोमबार सालागु औषध मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा व्यास नपा ५ चापाघाटका ३० वर्षीय रामबहादुर थापा र सोही ठाउँका २३ वर्र्षीय गोविन्द थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहँुका डिएसपी एवं सुचना अधिकारी युवराज तिमिल्सेनाले बताए ।  उनीहरु उपर तनहुँ जिल्ला अदालतको मिति २०७३ मंसिर ५ गतेको फैसला वमोजिम तोकिएको कैद मध्ये दुबैजना ५ महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजतालस गर्ने क्रममा आईतबार राती आ आफ्नै घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालतमा पेश गरि सजाय भुक्तानकोलागि कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय