नेपाली काँग्रेसको केन्द्रीय विभागमा तनहूँका नेताहरु

Devghat Online

शेयर गरौ

२६ साउन, दमौली
नेपाली काँग्रेसको केन्द्रीय विभागमा तनहूँ जिल्लाका धेरै नेताहरु मनोनित भएका छन् । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले विधानले दिएको अधिकार प्रयोग गर्दै आईतबार केन्द्रीय विभागको संयोजक, सचिव र सदस्यहरु मनोनयन गरेका थिए ।

केन्द्रीय विभागक तर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीले तरुण विभागको प्रमुखको जिम्मेबारी पाएका छन् । भण्डारी केही दिन अघि नै तरुण विभागको प्रमुख चयन भएका थिए । सो विभागको सदस्यमा तरुण दलका नेता पुर्णबहादुर गुरुङ चयन भएका छन् ।

त्यस्तै संविधानसभा सदस्य झुलबहादुर आले स्थानीय तह समन्वय विभागमा, जिल्ला नेता समुन्द्र गोदार निर्माण व्यवसायी समन्वय विभागमा, पुर्व क्षेत्रीय सभापती इन्दु ढकाल केन्द्रीय संगठन विभागमा सदस्य मनोनित भएका छन् ।

त्यस्तै महिला नेतृ इन्दिरा खनाल केन्द्रीय विपद व्यवस्थापन विभागमा, चन्द्रकला भट्टराई स्थानीय तह केन्द्रीय समन्वय विभागमा, पुर्व शिक्षक हुतमणी अधिकारी संघीय मामिला तथा प्रदेश समन्वय विभागमा र हाजी जल्मादिन मिया मुस्लिम विभागमा सदस्य मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र