देवघाटमा निषेधित क्षेत्र लागु

Devghat Online

शेयर गरौ

सबै जनालाई घरमै बस्न अध्यक्ष थापाको आह्वान
३० साउन, देवघाट
तनहूँको देवघाट गाउँपालिकामा दुई जनालाई कोरोना पुष्टि भए पनि वडा नम्बर ५ मा निषेधाज्ञा लागु गरिएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको प्रयोगशालामा ५४ र ३० वर्षका दुई पुरुषलाई कोरोना पुष्टि भएको थियो ।

संक्रमित दुबै जना समुदायका व्यक्ति रहेका छन् । ५४ वर्षीय पुरुष देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल रहेका छन् । पौडेलले नै सामाजिक सन्जालमा आफुलाई कोरोना संक्रमणको पुष्टि भएको सार्वजानिक गरेका थिए । ३० वर्षीय भने केही दिन अघि मात्र काठमाडौंबाट आएका थिए ।

उनीहरुको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरि स्वास संकलन समेत गरि परिक्षणकोलागि भरतपुर अस्पताल पठाईएको देवघाट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदिप बुढाथोकीले बताए । उनीहरुको रिर्पाेट आईसकेको छैन।

समुदायका व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा निषेधाज्ञा लागु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बरालले सुचना प्रकाशित गरि साउन २९ गतेको जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार वडा नम्बर ५ भित्र सन्चालन हुने अत्यावश्यक सेवा, स्वास्थ्य सेवा र विपद् व्यवस्थापन सेवा बाहेक अन्य सार्वजानिक यातयात, बजार क्षेत्र समेत बन्द गर्ने, संघ संस्था तथा वित्तिय संस्थाको कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालय समेत भदौ ३ गतेसम्म लाई बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

देवघाटमा कोरोना संक्रमण भएका व्यक्ति सामाजिक व्यक्ति समेत भएको उनको धेरै जनासँग सम्पर्क भएको तथा देवघाट क्षेत्रमा बृद्धाश्रम र अन्य आश्रममा पनि बृद्धबृद्धाको संख्या धेरै भएको साथै देवघाट तिर्थस्थल समेत भएकोले तिर्थालुहरुको बढि आवत जावत हुने कारणले उक्त जोखिम कम गर्न संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।  उक्त निर्णयको अवज्ञा गरेको पाईएमा संक्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने जनाईएको छ ।

त्यसैगरि देवघाट गाउँपालिकाले पनि सुचना प्रकाशन गरि वडा नम्बर ५ को समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएको हुँदा र कार्यालयमा सेवाग्राहीको भिडभाड बढेकोले कार्यालयबाटै कोरोना भाईरसको संक्रमण सर्वसाधरणमा फैलन सक्ने जोखिम बढेको हुँदा गाउँपालिका र वडा नम्बर ५ को कार्यालयबाट प्रदान गरिने सेवाहरु भदौ ३ गतेसम्मकोलागि बन्द गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले हस्ताक्षर गरेको सुचनामा वडा नम्बर ५ भित्र रहेका सार्वजानिक सेवा प्रवाह गर्ने सबै कार्यालयहरु, संघ संस्था तथा वित्तिय संस्थाहरु तथा सार्वजानिक यातयातका साधनहरु सबै बन्द गर्न अनुरोध गरिएको छ । यस्तो अवस्थामा वडाको क्षेत्र सिल गरिएको हुँदा सबैलाई आ आफ्नै घरमा सुरक्षित भएर बस्न अनुरोध गरिएको छ ।

यो अवधिमा स्वास्थ्य सम्बन्धि कार्य एवं सेवाहरु, कोभीड १९ सँग सम्बन्धित सेवाहरु र विपद व्यवस्थापन सम्बन्धि सेवाहरु भने सन्चालनमा रहने छ । यी सेवाहरु प्राप्त गर्न पनि व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु पर्ने गाउँपालिकाले जनाएको छ ।

सबै जनालाई सुरक्षित साथ घरमै बस्न अध्यक्ष थापाको आह्वान
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सबै नागरिकलाई सुरक्षित भएर घरमै बस्न आह्वान गरेका छन् । देवघाटको वडा नम्बर ५ का समुदाय स्तरमा कोरोना संक्रमणको पुष्टि भएको र उनीहरुको सम्पर्कमा रहेका धेरै व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाव संकलन गरि परिक्षणकोलागि पठाईएको हुँदा सबै नागरिक जोखिममा पर्ने खतरा भएकोले आ आफ्नो घरमा सुरक्षित भएर बस्न अध्यक्ष थापाले अनुरोध गरे ।

स्वाव परिक्षणको रिर्पाेटमा जे पनि आउन सक्ने हुँदा परिक्षणकोलागि नमुना पठाईएका व्यक्तिहरु पनि मानसिकरुमा तयारी भएर बस्न अध्यक्ष थापाले अनुरोध गरे । देवघाट क्षेत्रमा धेरै बृद्धबृद्धाहरु आश्रममा बस्ने हुँदा उनीहरुको सुरक्षाको जिम्मेबारी पनि रहेको हुँदा कसैले पनि स्वास्थ्य संवेदनशिलतालाई खेलवाड नगर्न अध्यक्ष थापाले सचेत गराए ।

घरमा बस्दा, व्यक्तिगतरुपमा ध्यान तथा योग गर्न, मनोरन्जनकोलागि युट्युवमा राम्रो र सन्देशमुलक सामाग्रीहरु हेर्न, व्यक्तिगत सरसफाईमा ध्यान दिन, तातो पानी तथा बेसार पानीको सेवन नियमित रुपमा गर्न पनि अध्यक्ष थापाले सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ