भानुमा समुदायमा कोरोना संक्रमण, एउटै वडाका २० जनामा संक्रमण पुष्टि

Devghat Online

शेयर गरौ

सांसदद्वयद्वारा संक्रमितहरुको स्वास्थ्यलाभको कामना

व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाउ नगर प्रमुखको अपिल

३० साउन, दमौली
तनहूँको भानु नगरपालिकामा समुदायमा कोरोना संक्रमण भएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा वडा नम्बर १ का केही व्यक्तिहरुमा गरिएको पिसिआर परिक्षणमा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

भानु नगरपालिका–१ का एक सर्वसाधरणमा गत सोमबार कोरोना पुष्टि भए पछि उनको सम्पर्कका ८१ जना सर्वसाधरण र ३८ जना सर्वसाधरण र जनप्रतिनिधिलाई कन्ट्याक्ट ट्रेसिङ गरि पिसिआर परिक्षण गरिएको थियो । शुक्रबार विहान आएको रिर्पाेट अनुसार १४ पुरुष र ६ महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार पाँच वर्षीया बालिका सहित संक्रमित हुने सबै जना वडा नम्बर १ का बासिन्दा हुन् । संक्रमित हुनेमा २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८ र ३५ वर्षका पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षका महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैविच प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले भानु नगरपालिका सहित जिल्लाका अन्य स्थानीय तहका कोरोना संक्रमित नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सांसदद्वयले शुक्रबार सामाजिक सन्जाल फेसबुकमा सन्देश जारी गर्दै सबैजना संयमित बनौं र सतर्कतापुर्वक बसौं भन्दै सांसदद्वयले उच्च आत्मवल राख्दै, खानपिनमा ध्यान दिएर कोरोनालाई परास्त गर्ने शक्ति मिलोस भन्दै संक्रमितहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।
त्यसैगरि सांसद न्यौपानेले कोरोनाको संक्रमण डरलाग्दो गरि फैलदै गएको र भानु नगरपालिकामा समुदायमा नै कोरोना फैलिएको तथा थप परिक्षण भईरहेको हुँदा यो समयमा तिनै तहका सरकारको ध्यान कोभिड १९ को नियन्त्रण तर्फ हुनु पर्ने बताएकी छिन् ।

यसै गरि भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले वडा नम्बर १ का २० जनामा एकै पटक कोरोना भाईरसको संक्रमण पुष्टि भएकोले नगरपालिका महामारीको चपेटामा पर्न सक्ने बताएका छन् ।

जोखिमको यस घडीमा सबै नागरिकले व्यक्तिगत स्वास्थ्य सुरक्षा अपनाई मास्कको अनिवार्य प्रयोग गर्ने, सावुनपानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, चाडपर्वहरु मनाउँदा न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्यरुपमा पालना गर्नु र गराउनु हुन अनुरोध गरेका छन् ।

साथै राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारी, शिक्षक तथा समाजका बुद्धिजिवि वर्गहरुले कोरोना सम्बन्धि सचेतना जगाउन नगर प्रमुख गौलीले अनुरोध गरेका छन् । साथै नगरप्रमुख गौलीले कोरोना संक्रमण भएका सबै नगरवासीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय