देवघाटमा एक सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट

Devghat Online

शेयर गरौ

३० साउन, देवघाट
देवघाट गाउँपालिकामा एक सय ६० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ । लकडाउनको समयमा फरक–फरक मितिमा अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको अवैध घरेलु मदिरा शुक्रबार देवघाट गाउँपालिकाका प्रवक्ता एवंम् वडा नं. ५ का वडाध्यक्ष यालबहादुर गुरुङ, विभिन्न पार्टी प्रतिनिधि, पत्रकार र स्थानीयहरुको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय देवघाट तनहुँका इन्चार्ज प्रहरी नायव निरीक्षक उज्जवलराज चिलवालले जानकारी दिए ।

२० लिटरको ८ वटा ग्यालिनमा रहेको एक सय ६० लिटर अवैध घरेलु मदिरा देवघाट प्रहरी कार्यालय परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरी इन्चार्ज चिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक