भानुको एउटै वडामा २० जनालाई कोरोना देखिएपछि बन्दिपुर गाउँपालिका बन्द

Devghat Online

शेयर गरौ

३० साउन, बन्दिपुर
भानु नगरपालिकाको एउटै वडामा २० जना सर्वसाधरणलाई कोरोना पुष्टि भएपछि छिमेकी बन्दिपुर गाउँपालिका बन्द गरिएको छ । गाउँ कार्यपालिकाले शुक्रबार सुचना प्रकाशन गरि एक साताकोलागि गाउँपालिका भित्र अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

गाउँकार्यपालिकाको कोभिड १९ जोखिम, बन्दाबन्दी र न्युनिकरण सम्बन्धमा बसेको बैठकले भदौ ५ गतेसम्म एक साताकोलागि अत्यावश्यक स्वास्थ्य सेवा, सन्चार, दुग्ध उत्पादक, दाना तथा तरकारी बाहेक सबै सेवाहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताउनु भयो ।

यो अवधिमा नागरिकहरु सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा सेनीटाईजर र सावुन पानीको बेलाबेलामा प्रयोग गरिरहन गाउँपालिकाले निर्णय गरेको छ ।
यस शुक्रबार देखी तनहँुको भानु नगरपालिका र देवघाट गाउँपालिका एक साताकोलागि लकडाउन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक