शालिग्राम कोरिडोर मार्ग यथाशिघ्र स्तरोन्नती गरौं

Devghat Online

शेयर गरौ

रामवंशी ठुकरी
३० साउन, देवघाट–२ खाल्टे
धेरै समयको प्रतिक्षापछि २०७६ सालमा माघ महिनामा सन्चालनमा आएको तराइ एव मध्यपहाडी बेल्ट जोडने बाइपास मार्ग अर्थात् चितवनको दासढुङ्गादेखी देवघाट हुँदै कोटा, बन्चरे भिर हुँदै खाल्टे त्यसपछि भिरकोट हुदै ऋषिङ्ग रामपुरटार बंैड़ी हुँदै मुक्तिथानसम्म जोड्ने शालिग्राम कोरिडोर मार्ग यति बेला भारी बर्षातको कारण अवरुद्ध छ ।

देवघाट देखी कोटा भतेरी छरछरे बन्चरे हुदै खाल्टेसम्म पुग्ने अधिकाश बाटोहरु बीच बीचमा माथि बाट ढुंगा, माटो खस्ने तथा बाढी पहिरोको कारण सो सडक अवरुद्ध भएको हो । सँगसँगै बाटो धेरै नाजुक अवस्था छ । आदरणीय जनसमुदायहरु यतिबेला यस शालिग्राम कोरिडोर मार्गमा कुनै पनि दुइपाग्रे एवम् चारपाग्रे सवारी साधन आवाज जावत हुन सकेको छैन । सडक पुर्ण रुपमा अवरुद्ध अवस्थामा छ । अति कष्टकर एवं दुखद् पिडा माझ हामी छांै ।

हामीहरुले यतिबेलाचाहेर पनि आफनो जरुरी कामका लागि सहजरुपमा हिडेर गन्तब्य स्थल वा देवघाट गाउपलिका तथा सदरमुकाम दमौली आवत जावत गर्न सक्ने अवस्था छैन । यदि कोरोना वा अन्य रोगले कुनै जनतालाई गम्भीर किसिमको बिरामी परे उपचारको लागि चितवन वा पोखरा तुरुन्त लैजान सक्ने अवस्था छैन । भन्नु पर्दा उपचार नपाइ बाटोमा नै अकालमा नै बिमारी जनताले ज्यान गुमाउन पर्ने बाध्यता तथा अवस्था छ । बिशेष गरि आपटार देखि भटेरी खरीढुंगा खण्ड र छरछरे एव खरखरे खण्ड यी बाटोहरुमा बढी बाढी पहिरोको कारण नाजुक अवस्था छन् । अलि यता पट्टि थाप्ले ढुंगा, आपको रुख भातेको चैतारी बन्चरे खण्डमा पनि बाटोमा माथिबाट रुख ढलेर माटो ढुंगा पहिरो आएर बाटाहरु सबै अबरोध अवस्थामा छ ।

आदरणीय देवघाट गाउपालिका देवघाट वडा नम्बर २ का वडा अध्यक्ष ज्यु लगायत जनप्रतिनिधि ज्यु र देवघाट गाउपलिकाका अध्यक्ष ज्यु उपाध्यक्ष ज्यु कृपया यतिबेला हामी नेपालीहरुको महान पर्ब हरितालिका तिज लगायत अन्य दशै र तिहार धेरै चाडपर्ब नजिकै आउदै छ र केही समय पछि सार्वजानिक सवारी साधन पनि सन्चालन हुने तथा विद्यालयहरु पनि सन्चालन हुने अवस्था छ ।
यि सबै बिषयबस्तु लाई मध्यनजर गरि देवघाट गाउपलिकाका अध्यक्ष ज्यु लगायत सबै टिमले जनताको मानो भावाना पिडा असहज परिस्थिति लाइ मन मुटु देखि नै आत्मसात गरि अलि कति पनि समय ढिला नगरी छिटो भन्दा छिटो यस देवघाट देखी खाल्टे सम्मको शालिग्राम कोरिडोर बन्चेर खण्डका बाटोलाई पूर्ण निर्माण गरि सन्चालनमा ल्याउन म लगायत यस भेगका सम्पूर्ण जनताबासि हार्दिक अनुरोध गर्दछौ ।

आदरणीय अध्यक्ष महोदय ज्यु र हामीहरु हजुरहरुको काममा प्रति धेरै आशाबादी पनि छौ मैले सुनेको छु–देवघाटपालिकाले दासढुगा देवघाट देउपुर साढेंबगर हुदै कोटासम्म को १२ किलोमिटर बाटो बर्षातमा असर गरिएको मार्ग डोजर लगाई पूर्ण मर्मत सर सफाई गरि कोटा आँपटारसम्म यतिबेला सवारी साधन पूर्णतया संचालनमा आइसकेको जानकारी छ ।

अध्यक्ष महोदय कृपया उक्त सडक निर्माणका लागि हजुरहरुले पठाउनु भएको डोजर कोटा देखी खाल्टे हुदै बैदी तालबारी मास्दीखोलापुल सम्म निरन्तरता गरि अघि बढीरहोस् । हाम्रो जनचाहना यहि हो र हाम्रो वडा स्तरका बाटोहरुमा वडा अध्यक्ष लगायत जनप्रतिनिधि ज्यु तपाईहरुले पनि आफनो वडाका सबै ति बाटोहरुलाई उतिकै महत्वपूर्ण ठानी जनताको दुख र पिडामा मलम लगाउने कार्य छिटो भन्दा छिटो पहल गरियोस वडाका सबै बाटो मर्मत सफाई गरि सन्चालनमा ल्याई हामी वडाबासी गाउँले दाजुभाई दिदिबहिनि जनताहरुलाई राहत दिन सबै जनप्रतिनिधि लाइ एकमुष्ट हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ