कोरोनाको जोखिम बढेसँगै दमौली र आवुँखैरेनीमा लकडाउन

Devghat Online

शेयर गरौ

३२ साउन, दमौली
कोरोनाको उच्च जोखिम बढेसँगै तनहूँको व्यास नगरपालिका र आवुँखैरेनी गाउँपालिकाले सोमबारदेखी एक साताकोलागि बन्द गर्ने निर्णय गरेका छन् ।
व्यास नपा १ मा आईतबार प्रहरी दम्पत्ती सहित चार जना र यस अघि एक जना सहित पाँच जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएसँगै सिङ्गो नगरपालिका नै जोखिममा परेको हुँदा सोमबार देखी एक साताकोलागि स्वास्थ्य, सरसफाई र विपद् व्यवस्थापन बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकामा आईतबार जनप्रतिनिधी, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्था तथा बैक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सयुक्त बैठकले एक साताकोलागि दमौली बजार बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमित व्यक्तिहरुको सम्र्पकमा रहेका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ गर्ने निर्णय गरेको छ ।

सोमबार कोरोना पुष्टि भएकी व्यास नपा–१ की एक महिला जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रहेको बताईएको छ । उनीसँगै उनका पति र दुई छोरा÷छोरीमा पनि कोरोना संक्रमण भएको छ । उनका पति जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी अधिकृत हुन् । उनकी सासुको केही दिन अघि पोखरामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको थियो ।
सासुलाई कोरोना संक्रमणको पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङको आधारमा गरिएको परिक्षणमा उनीहरुमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो ।

यसैगरि छिमेकी स्थानीय तहहरुमा समुदायमा कोरोना भाइरसको संक्रमण देखिएपछि आवुँखैरेनी पनि उच्च जोखिममा रहेको हुँदा सो गाउँपालिका भित्रका सम्पुर्ण बजार क्षेत्र सोमबारदेखी एक साताकोलागि बन्द गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।

गन्डकी प्रदेशको नाका रहेको आवुँखैरेनीबाट तनहँुका सबै स्थानीय तहमा आवत जावत हुने हुँदा यस क्षेत्रका सर्वसाधरण उच्च जोखिममा पर्ने सम्भावना रहेको हुँदा स्वास्थ्य र सरसफाई बाहेक अन्य सबै सेवाहरु एक साताकोलागि बन्द गर्ने निर्णय भएको अध्यक्ष थापाले बताए ।
उक्त निर्णयको उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने गाउँपालिकाले जनाएको छ । यस अघि समुदायमा कोरोना संक्रमण देखिएपछि भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिका एक साताकोलागि बन्द गरिएको छ ।

तनहँुमा हालसम्म दुई सय १८ जना संक्रमित भएका छन् । पछिल्लो समय समुदायका ३२ जना संक्रमित भएसँगै जिल्लामा उच्च सावधानी अपनाईएको छ । भानु नपामा २४ जना, व्यास नपामा पाँच जना, देवघाटमा दुई जना र बन्दिपुर गाउँपालिकामा एक जना समुदायका व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंकरवावु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय