मङ्गलबार एक हजार १६ सहित कुल सङ्क्रमित

Devghat Online

शेयर गरौ

काठमाडौँ, भदौ २ गते
कोरोना भाइरसका एक हजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दश हजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

आइसीयूमा रहेर उपचार भइरहेका सङ्क्रमितहरू प्रदेश १ मा चारजना, प्रदेश २ मा ४९, वागमती प्रदेशमा ५२, गण्डकीमा ६, प्रदेश ५ मा १० रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि आइसीयूमा नरहेको गौतमले जानकारी दिए ।

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक